अनिषा नेपाली, पोखरा । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय लभ्लीहिल शाखाले नारी सशक्तिकरणद्वारा समृद्ध समाज विषयक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मीना गुरुङले आत्मबल बढाउनको लागि महिलाले एक आपसमा सम्मानको शब्द प्रयोग गर्नुपर्ने बताइन् । ‘धर्म, संस्कृतिले नै अनुशाषित बनाउँछ । राम्रो लगाउनु र राम्रो देखिनु सशक्तिकरण होइन ।’ उनले भनिने– ‘हँसिलो अनुहारभित्र धेरै बेदनापनि लुकेको हुनसक्छ, नारी सशक्तिकरण भनेको नारीको क्षमता र नेतृत्व हो । जसको लागि क्षमता अभिवृद्धि तालिम, स्वस्थ रहन योग, ध्यान, जपतप गर्नुपर्छ ।’
सुन्दरता भनेको मनको पवित्रता र शुद्धता हो भन्दै गुरुङले प्रजनन र ममताको शक्तिलाई कमजोर नबनाई यो शक्तिलाई समाज निर्माणमा लगाउनुपर्नेमा जोड दिइन् ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय लभ्लीहिल शाखा प्रमुख राजयोगिनी ब्रह्मकुमारी सुधा दिदीले प्रशिक्षणात्मक प्रवचन दिँदै नारीलाई सशक्त बनाउनको लागि नारीमा विद्यमान विशेषताहरु र शक्तिहरुलाई जागृत गर्नुपर्ने र आफू भित्रका कमी कमजोरीहरुलाई महसुस गरी सुधा गर्दै जानुपर्दछ र। जसबाट सृष्टि परिवर्तन सम्भव हुने बताइन् ।
‘विश्व परिवर्तनको भूमिकामा नारीले अग्रणि भूमिका निभाउनुपर्दछ । अध्यात्मिक सशक्तिकरणबाट नै नारीको सशक्तिकरण सम्भव हुन्छ । अध्यात्मिक सशक्तिकरणबा नै नारीको दृष्टिकोणमा परिवर्तन, जीवनमा शान्ति, उमंग, उत्साह, शक्तिको अनुभव गर्न सकिन्छ ।’ उनले भनिन् – ‘वर्तमान समयमा साना साना कुराहरुबाट आफूलाई मुक्त पारेर ती कुराहरुबाट माथि उठेर नै सुशी जीवन यापन गर्न सम्भव हुनेछ । एउटा असल नारी कठिन परिस्थितिमा पनि आवेगमाथि नियन्त्रित हुन्छिन् । उनी सृष्टिकर्ता, प्रथम गुरु, चरित्र निर्माणमा कुशल नेतृत्व र स्नेहपूर्ण पालनकी खानी हुन् ।’
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १, ४, ५ र १८ मा रहेका विभिन्न आमा समूह, महिला समूह एवं टोल विकास संस्थाका अध्यक्ष, पदाधिकारी एवं सदस्य गरी १५० जना बढीको सहभागिता रहेको थियो ।
बह्माकुमारीज् लभ्लीहिलका सहसञ्चालिका ब्रह्माकुमारी चन्द्रिका दिदीले स्वागत गरेको कार्यक्रममा ब्रह्माकुमार लोकनाथ काफ्लेले धन्यवाद ज्ञापन गरे ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो