बेलायतको यूनिभर्सिटी अफ सण्डरल्याण्डका शैक्षिक कार्यक्रमहरु आईएसएमटी कलेज पोखरामै सञ्चालन गरिएको छ । कलेजका अनुसार विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरु यस कलेजमा सञ्चालन हुँदै आएको छ ।
शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको उक्त कलेजले जनाएको छ । बेलायतका प्रमुख शहरहरू लगायत हङकङमा समेत सण्डरल्याण्ड युनिभर्सिटीको आफ्नै कलेज रहेका छन् । यो विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरुमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ । सन् २००१ मा बेलायतको पत्रिका ‘द गार्डियन’ले सण्डरल्याण्ड युनिभर्सिटी बेलायतको नयाँ युनिभर्सिटीमध्ये पहिलो नम्बरमा पर्न सफल भएको जनाएको थियो ।
सन् २००५ मा ‘टाइम्स हाइअर एजुकेसन’को ‘बेस्ट स्टुडेन्टस एक्सपेरियन्स’मा शीर्ष स्थान हासिल गर्न सफल भएको थियो भने सन् २०१९ मा टाइम्स हाइअर एजुकेसनकै यूरोपियन टिचिङ र्यांकिङमा २०१औं स्थानमा पर्न सफल भएको थियो । सोहि युनिभर्सिटीको शैक्षिक कार्यक्रमबाट नेपालका विद्यार्थीले पोखरामा नै बेलायतको डिग्री प्राप्त गरी शैक्षिक लाभ लिन सक्ने कलेजले जनाएको छ ।
सण्डरल्याण्ड युनिभर्सिटीबाट सम्ब्न्धन पाउने पहिलो नेपाली शैक्षिक संस्था समेत आईएसएमटी ग्रुप अफ कलेजेज् हो ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै