पोखरा । पोखरा वृद्धाश्रमको २५ औं स्थापना दिवसका अवसरमा सैनिक अस्पताल फुलवारी पोखराको प्राविधिक सहयोगमा पोखरा वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो ।
शिविरमा सैनिक अस्पतालका डा. अमृत घिमिरे, डा. स्वेता राज्यलक्ष्मी राणा, डा. शिशिर श्रेष्ठ, डा. अभिशेख थापा, व्यवस्थापक सेनानी विज्ञानराज पोखरेल सहितको १३ सदस्यीय टोलीले स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा पोखरा वृद्धाश्रम र आसपासका ५३ जना जेष्ठनागरिकको स्वास्थ्य परिक्षण गर्नुका साथै दुई लाख मुल्य बरावरको औषधि तथा पौष्टिक आहार वितरण गरिएको थियो ।
आश्रममा आयोजित शिविरको नेपाली सेना फुलवारी पोखराका प्राविधिक सहायक रथी डा. भुवनराज कुँवरले शुभारम्भ गर्दै सेना नागरिक समाजसंग सहकार्य गर्दै सामाजिक सेवामा समर्पित हुँदै आएको बताए ।

विजयपुर कमाण्ड सेनापति बाबुराम श्रेष्ठको निर्देशनमा वृद्धाश्रममा स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरिएको जानकारी दिंदै उनले राज्य र नागरिकलाई पर्ने जस्तो सुकै अप्ठेरोमा पनि नेपाली सेनाले सहयोग गर्दै आएको जानकारी दिए ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका पुष्पराज पौडेलले समाजका जेष्ठनागरिक, महिला तथा बालबालिकाको क्षेत्रमा मन्त्रालयले सहयोग गरेर सामाजिक उत्तरदायित्व पूरा गर्दै आएको जानकारी दिए ।
पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले सैनिक अस्पतालबाट आगामी दिनमा पनि स्थास्थ्य शिविर सञ्चालन गर्न आग्रह गर्दै आश्रममा आश्रित जेष्ठनागरिकहरुलाई भोजन भन्दा पनि औषधि उपचारमा बढी खर्च हुने गरेको बताए ।
वृद्धाश्रममा हाल समाजका विपन्न, असहाय एवम् अपहेलित ५५ जना जेष्ठनागरिक आवद्ध रहेका कोषाध्यक्ष धर्म गुरुङले जानकारी दिए ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?