गण्डकीमा जम्मा १२ सक्रिय संक्रमित, सबै होम आइसुलेसनमा

गण्डकीमा जम्मा १२ सक्रिय संक्रमित, सबै होम आइसुलेसनमा

corona-Update

पोखरा।     पछिल्लो २४ घण्टामा गण्डकीका थप २ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २३८ जनामा गरिएको नमुना परीक्षणमा २ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आईतबार संक्रमण पुष्टि हुने २ जना नै कास्कीका जिल्लाका हुन्। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख एक हजार ९८३ पुगेको छ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट थप ६ जना संक्रमणमुक्त भएका छन्। योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या एक लाख ५०५ पुगेको छ। भने, गण्डकीमा हाल १२ सक्रिय संक्रमित छन्। ती सबै होम आइसुलेसनमा छन्।
कोरोना संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १४६६ पुगेको निर्देशनालयले जनाएको छ  ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ