म्याग्दीकाे बेनी नगरपालिका–६ डम्बरामा पार्किङ गरी राखिएका दुई वटा गाडीमा आगजनी भएको छ ।
बेनी–दरवाङ सडक खण्डको डम्बरामा सडक छेउमा पार्किङ गरी राखेका ध १ ज ९८६ नम्बरको भ्यान र ध १ ज ७२६ नम्बरको ट्याक्सीमा बिहीबार बिहान अन्दाजी ४ बजे अज्ञात समूहले आगो लगाएको प्रहरीले जनाएको छ । यी दुवै गाडी बुधबार साँझ ७ बजे सोही स्थानमा ठोक्किएर दुर्घटनाग्रस्त भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ ७ बजे सडक छेउमा पाकिङमा रहेको ट्याक्सीलाई बेनीदेखि तातोपानीतर्फ जाँदै गरेको भ्यानले पछाडिबाट ठक्कर दिँदै अगाडि नालीमा खसेको थियो ।
दुर्घटनाग्रस्त गाडीलाई स्थानीयले नालीबाट झिकेर सडक किनारामा राखिदिएका थिए भने प्रहरीले चालकको मदिरा सेवन गरे/नगरेको परीक्षणगरी मानवीय क्षति नभएका कारण दुवै गाडीका धनीलाई मिलापत्र गराइ पठाएको थियो । चालक समेत रहेका दुवै गाडी धनी डम्बराकै स्थानीय हुन् । तर, बिहीबार बिहान ४ बजे अज्ञात समूहले दुवै गाडीमा आगो लगाएको भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रहेका प्रहरी निरीक्षक विरेन्द्र गुरुङले घटनाको प्रकृति अस्वभाविक र रहस्यमय देखिएकोले थप अनुसन्धान गरिरहेकाे बताएका छन् । सवारी साधनमा आगलागी गर्ने ब्यक्तिहरुको पहिचान भएको छैन ।
सम्बन्धित खबर
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा