पोखरा । नेकपा (एमाले) धादिङ–पोखरा सम्पर्क मञ्चले धादिङ जिल्लाका ५ वटा पालिका कमिटि गठन गरेको छ । मञ्चले नयाँ वर्ष २०७९ को भित्तेपात्रो विमोचनका साथै शुभकामना आदानप्रदान कार्यक्रम पनि गरेको छ ।
मञ्चको भेलाले हरिकृष्ण श्रेष्ठको नेतृत्वमा २३ सदस्यीय नेकपा (एमाले) धादिङ– पोखरा सम्पर्क मञ्च, सिद्धलेक गाउँपालिका कमिटि, रुपेन्द्र दुवाडीको नेतृत्वमा २१ सदस्यीय ज्वालामुखी गाउँपालिका कमिटि, मुना तामाङको नेतृत्वमा १७ सदस्यीय खनियाँबास गाउँपालिका कमिटि गठन गरेको हो । यस्तै, बिनोद खतिवडाको नेतृत्वमा १८ सदस्यीय गल्छी गाउँपालिका कमिटि, शम्भुप्रसाद न्यौपानेको नेतृत्वमा १७ सदस्यीय गंगाजमुना गाउँपालिका कमिटि गठन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) कास्कीका अध्यक्ष मनबहादुर गुरुङले एमाले पार्टीमा आस्थावान् कार्यकर्ताहरु धादिङबाट पोखरामा आएर समेत यसरी एक भएर अघि बढ्दा आफूलाई खुशी लागेको बताए । ‘भौगोलिक हिसाबले हामी जहाँका हौं । तर विचारले एक छौं । पार्टीलाई सबल बनाउन कार्यकर्ताहरु यसरी पालिकास्तरसम्मै संगठित भएर अघि बढ्नु खुशीको कुरा हो ।’ गुरुङले भने ।
अध्यक्ष गुरुङले एमालेको दरिलो र व्यापक संगठनका साथै देशैभरी देखिएको माहौलबाट सबै दलहरु भयभित भएको भन्दै सबै सकिने डरले नै एक्लाएक्लै भिड्न नसकी विचार, नीति, सिद्धान्तमा कतै मेल नखाने दलहरु गठबन्धन गर्नुपर्ने बाध्यकारी अवस्थामा पुगेको बताए ।
विशेष अतिथि एमाले बागमती प्रदेश कमिटीका सदस्य एवं धादिङ जिल्ला कमिटीका सचिवालय सदस्य नरेश खतिवडाले पार्टीप्रति आस्था राख्ने धादिङका कार्यकर्ताहरु पोखरामा आएर समेत एकताबद्ध हुँदा एकताको सन्देश फैलाउने काम गरेको बताए ।
कार्यक्रममा एमाले बाग्मती प्रदेश कमिटि सदस्य उमा सिंखडा, धादिङ जिल्ला कमिटि सदस्यद्ववय राधा तिमल्सेना, कपिल रेग्मी, गल्छी कमिटि अध्यक्ष केदारनाथ खतिवडा, गल्छी वडा नं. २ का अध्यक्ष षडानन्द खनाल, मञ्चका संस्थापक अध्यक्ष कृष्णबहादुर लम्साल, माओवादी धादिङ पोखरा सम्पर्क मञ्चका उपाध्यक्ष कृष्णप्रसाद धरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मञ्चका अध्यक्ष शेर बहादुर अधिकारीले सम्पर्क मञ्च पालिका हुँदै वडा वडासम्म पुग्ने अभियानमा रहेको उल्लेख गरे । कार्यक्रम संयोजक सरस्वती श्रेष्ठ सरु, सचिव सरोज सिंह कुँवर लगायतले बोलेका थिए ।


सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो