कास्की नेत्रहीन संघले आफ्नो १६ औं स्थापना दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाइरहेको छ ।
स्थापना दिवसका अवसरमा संघले सेतो छडी सहितको हिँडडुल प्रतियोगिता, सिबिआर कार्यक्रम अन्तर्गत गिरीराज कुखुराका चल्ला, दाना र भिटामिन वितरण, प्रविधिमा आधारित अनलाइन व्यवसाय र शेयर बजार सम्बन्धी ४ दिने तालिम र सेतोछडी वितरण कार्यक्रम राखेको अध्यक्ष श्रीकान्त सापकोटाले जानकारी दिए ।
पूर्व मन्त्री एवं संघीय सांसद खगराज अधिकारीले कास्की नेत्रहीन संघको कार्यालयमा कार्यक्रमको शुभारम्भ गरेका छन् । नेता अधिकारीले भाग्यविधाताले ठग्यो भनेर दुःख मानेर नबस्न सुझाउँदै फरक क्षमताका कारण समाजमा सबलाङ्ग झैं बाँच्न सकिने बताए ।
‘आत्मविश्वासका साथ अघि बढ्नुहोस् । मसँग आँखा छैन, मैले कान सुन्दिनँ भनेर चिन्ता गर्न थालेर समय बर्बाद गर्नुभन्दा मसँग आँखा नभएपनि सबै सक्छु भनेर अघि बढ्नुपर्छ’ नेता अधिकारीको भनाई थियो – ‘तपाईंहरुले जति दुःख, समस्या झेल्नुभयो, अब नयाँ पुस्ताले यस्ता दुःख, समस्या झेल्नुपर्दैन । तपाईंहरु पनि अब सक्षम बन्नुभएको छ ।’
कास्की नेत्रहीन संघले दृष्टिविहीन तथा न्यून दृष्टि भएकालाई स्वरोजगार सिर्जना गर्ने हेतुले कुखुरापालन, अनलाइन व्यापार, शेयरबजार सम्बन्धी तालिम तथा आवश्यक सहयोग गरेकोमा खुशी व्यक्त गरे । अपांगतामैत्री संरचना निर्माणका लागि आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने अधिकारीले उल्लेख गरे ।

सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो