पोखरा । धादिङ–पोखरा सम्पर्क समाजले शनिबार नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान, क्यालेण्डर विमोचन तथा ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम आयोजना ग¥यो ।
कार्यक्रमका प्रमुख अतिथि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले २०७९ सालको समाजको क्यालेण्डर विमोचन तथा जिल्लाका ज्येष्ठ नागरिकलाई सम्मान गरे । उनले धादिङबासी विना पोखरा सम्भव छ र ? प्रश्न गर्दै थपे – ‘पोखराका लागि धादिङवासीहरु उर्जा हुन् । सबै पेशा, व्यवसाय, सेवा, कर्ममा तपाईंहरू हुनुहुन्छ । पोखरामा धेरै व्यक्तित्वहरू स्थापित छन् । यो निरन्तरता कायम रहोस् ।’
शाहीले समाजहरूको महासंघ ‘अन्तर समाज महासंघ’ पोखराबाटै बनेको स्मरण गर्दै यसको स्थापनामा नेतृत्वदायी भूमिका खेलेको धादिङ समाजले आफूलाई पनि सामाजिक भूमिकामा स्थापित गराउन महत्वपूर्ण योगदान गरेको स्मरण गरे । उनले भने – ‘स्याङ्जाली सम्पर्क सदनमा अनवरत काम गरेँ । ४–५ कार्यकालमा विभिन्न पद हुँदै अध्यक्ष बनेर निस्किएँ । धादिङ समाज यहाँको अग्रणी समाज हो । राजनीतिक कर्म अन्य फोरमहरूमा गरौँ । हिजो जस्तै १ नम्बरको समाज बन्ने अभियानमा अघि बढ्नुहोला ।’ उनले दुःखीको लागि समाज हो, धन हुनेले सहयोग गर्ने हो भन्दै समाजलाई उच्च नजरले हेर्न आग्रह पनि गरे ।

अर्घाखाँची–पोखरा सम्पर्क समाजका अध्यक्ष चेतनाथ पाण्डेले जिल्लाबासीको एकता र सामाजिक उत्तरदायित्वका सवालमा आफूहरु सबै सँगै रहेको बताए । बारा–पोखरा सम्पर्क समाजका अध्यक्ष माधव खतिवडाले आफूहरु भर्खरै एकताबद्ध भइरहँदा धादिङ समाज इकाई इकाईसम्म पुगेको देख्दा खुशी लागेको बताए ।
कार्यक्रममा सल्लाहकारहरूका तर्फबाट रामकृष्ण दुवाडी, पूर्व अध्यक्षहरूका तर्फबाट कृष्णकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष कृष्णबहादुर लम्साल, समाजका ज्वालामुखी इकाईका नवनिर्वाचित अध्यक्ष सरोज सिंह कुँवर, धादिङ–पोखरा पत्रकार समाजका अध्यक्ष रञ्जन अधिकारी, क्यालेण्डर प्रकाशन समिति संयोजक दिनेश तुलाधर लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । वक्ताहरुले पोखरामा धादिङ समाजप्रति हेर्ने दृष्टिकोण निकै सकारात्मक रहेकाले त्यसलाई कायम गर्न धादिङवासी बीच एकतामा जोड दिएका थिए ।
समाजका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारीले स्वागत र महासचिव सरस्वति श्रेष्ठ (सरू) ले सञ्चालन गरेका थिए । उक्त अवसरमा ज्येष्ठ नागरिकहरुका साथै क्यालेण्डर प्रकाशनका लागि १५ हजार बढीको ठाउँ लिएर व्यवसायिक प्रचार गर्नेहरुलाई सम्मान पनि गरिएको थियो ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ