पोखरा । धादिङ–पोखरा सम्पर्क समाज, ज्वालामुखी इकाईको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनले सरोज सिंह कुँवरको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षहरुमा लालप्रसाद ढकाल, देवराज अर्याल र राजकुमार आचार्य, सचिवमा सुवास कँडेल, सहसचिवमा रमेश भट्ट, कोषाध्यक्षमा ज्ञानेन्द्र थापा चुनिए । यस्तै, सदस्यहरुमा कमल भण्डारी, धनबहादुर अधिकारी, रेशम अधिकारी, जनक श्रेष्ठ, खेमलाल श्रेष्ठ, दिपेश कुमार गुरुङ, ईन्द्रबहादुर अधिकारी, मञ्जु अधिकारी, शम्भु नेपाली, रमा खनाल पोख्रेल र मैयादेवी आचार्य चयन भए ।
यसअघि, साधारणसभाको उद्घाटन गर्दै धादिङ पोखरा सम्पर्क समाजका अध्यक्ष गोकर्ण लम्सालले समाज र इकाईहरु बिच घनिष्ट सम्बन्ध हुनुपर्नेमा जोड दिए । उनले समाजकै अन्तर्गतमा बनेका इकाईका हरेक गतिविधि समाजको हित र पक्षमा हुनुपर्ने भन्दै आपसमा सहयोग आदानप्रदान हुन जरुरी रहेको उल्लेख गरे ।
विशेष अतिथि धादिङ निर्वाचन क्षेत्र नं २ (क) का प्रदेश सांसद रामकुमार अधिकारीले धादिङको ज्वालामुखी गाउँपालिकाको विकासमा प्रदेशसभाको तर्फबाट धेरै कामहरु भएको उल्लेख गरे । उनले ससाह–मैदी सडक स्तरोन्नति, पाल्पा भञ्ज्याङ् – ढोला – मैदी सडक पिचको काम भैइरहेको पनि बताए । खानेपानी लगायतका अन्य विकास निर्माणका कामहरु सम्पन्न भएको र भइरहेको भन्दै थप अन्य विकास निर्माणका कार्यमा पनि ध्यान दिइने उल्लेख गरे ।

इकाईका अध्यक्ष शेरबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकारहरु रामकृष्ण दुवाडी, सरोज सिंह कुँवर लगायतले बोलेका थिए । कार्यक्रममा उपाध्यक्ष युवराज ईटनीले स्वागत र सचिव लालप्रसाद ढकालले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो