पाेखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, कास्कीले नव बर्ष २०७९ सालको भित्तेपात्रो क्यालेण्डर बिमोचन गर्नुका साथै शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । साे अवसरमा कार्यसमिति सदस्य रचित पाैडेल र गायिका अर्चना चापागाइँ सम्मानित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष प्रजापति पराजुलीले क्यालेण्डर विमोचन गर्दै संस्थागत विकासका लागि सबै कलाकार एकजुट हुनुपर्नेमा जोड दिए । निर्बाचनका बेला आउने र पदका लागि निर्बाचनमा जाने प्रवृत्तिले गर्दा संस्था अझै बलियो हुन नसकेको बिचार व्यक्त गरेका थिए । उनले लोक दोहोरी क्षेत्रमा देखिएको विकृतिलाई चिर्दै एक भएर लाग्नुपर्ने बताए ।
प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले संस्था बलियो बनाउन रचनात्मक काम गर्नु नै महानता हो भन्दै कास्की प्रतिष्ठान हरेक काममा अव्बल रहेको र यस्ता कामलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा केन्द्रले आयोजना गरेकाे टुबाेर्ग दाेहोरी गीत प्रतियोगितामा कास्कीकी महिला कलाकार अर्चना चापागाई सर्वोष्कृष्ट गायिका बनेकाेमा कास्कीले सम्मान गरेको थियो । सबैभन्दा बढी रकम उठाएको भन्दै प्रतिष्ठान कास्कीका सदस्य सदस्य रचित पौडेललाई सम्मान गरिएकाे थियाे । प्रतिष्ठान कास्कीकी महिला उपाध्यक्ष जुना क्षेत्रीको जन्मदिन रहेकाले उनलाई समेत सम्मान गरेको थियो ।

प्रतिष्ठान नेपालका सचिव तथा गण्डकी प्रदेशका संयोजक जीवन दाहाल, प्रतिष्ठान गण्डकी प्रदेशका तत्कालिन संयोजक तारापति सुवेदी, प्रतिष्ठान गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङ, प्रतिष्ठान कास्कीका सल्लाहाकार निलकण्ठ आचार्य, पत्रकार श्याम कुँवर लगायतले लोक दोहोरी क्षेत्रको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा क्यालेण्डर प्रकाशन समितिका संयोजक एवं प्रतिष्ठान कास्कीका सदस्य प्रकाश बरालले क्यालेण्डर प्रकाशन मार्फत १ लाख ५७ हजार उठेको र ४० हजार खर्च भएको बताउँदै १ लाख १७ हजार बचत गर्न सकिएको जानकारी दिए । प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष टेक क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष ज्ञानेश्वर सुबेदीले स्वागत मन्तव्य दिएका थिए भने सचिव माधब चापागाईले कार्यक्रम संचालन गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ