नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशी नेतृत्वको उम्मेदवारलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले साथ दिने भएको छ । जोशी समूह तथा समर्थकहरुले आगामी स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल र सहकार्य गर्ने भएको हो ।
शनिबार जोशी निवासमा भएको बैठकपछि एमालेसँग चुनावी तालमेल र साझा उम्मेदवार खडा गर्ने निर्णय भएको हो । तालमेललाई प्रभावकारी बनाउन एमाले तथा जोशी समूहबाट चार–चारजना गरी ८ सदस्यीय चुनाव परिचालन समिति गठन गरिएको छ ।
जोशी समूहको एमालेसँग चुनावी तालमेल भएपनि उम्मेदवारहरु आफ्नै चुनाव चिन्हमा लड्ने जानकारी सो समूहले दिएको छ । समूहका अनुसार व्यास नगरपालिका प्रमुखमा दीपकराज जोशी उम्मेदवार बन्ने छन् । उनलाई एमालेले समर्थन जनाइसकेको छ । नेता जोशीका अनुसार तनहुँका प्रत्येक पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुमा दुई पक्षले साझा उम्मेदवार खडा गर्ने छन् ।
तनहुँ कांग्रेसमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र जोशीबीच वैमनस्यका कारण नेपाली कांग्रेस कमजोर स्थितिमा रहेको छ । पौडेलको राजनीतिक अस्तित्व जोडिएको जिल्लामा गत संसद निर्वाचनमा पौडेलको पराजयपछि अन्तर्घातको आरोपमा जोशीलाई पार्टीबाट निष्काशित गरिएको थियो ।
दलको स्थानीय तहबाट उक्त निर्णय रद्द गरी उनलाई दलमा ससम्मान पुनर्स्थापित गर्न गरिएको आग्रहलाई केन्द्रीय नेतृत्वले उपेक्षा गरेपछि आगामी स्थानीय तह निर्वाचनमा एमालेसँगको तालमेल अघि बढेको देखिन्छ ।
गत चुनावमा पौडेल त्यसबेला एमालेका उम्मेदवार किसान श्रेष्ठसँग पराजित भएका थिए । श्रेष्ठ हाल माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका तर्फबाट केन्द्रीय मन्त्री छन् । कांग्रेस संस्थापन तथा स्थानीय राजनीतिमा वर्चश्व देखाउँदै आएका पौडेल माओवादी र वर्तमान सत्ता गठबन्धनसँग स्थानीय निर्वाचनमा तालमेलको पक्षमा छन् ।
जोशीले आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले टिकट दिएमा आफ्नै पार्टीबाट अन्यथा ‘जनताको तर्फबाट’ चुनाव लड्ने घोषणा गरिसकेका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर