काठमाण्डौ। ६६ करोड बढी प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
बित्तिय बिनिमय निर्देशन आदेश बिपरित क्रिप्टोकरेन्सीको कारोवारमा सक्रिय रहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले क्रिप्टोकरेन्सीको अबैध कारोबारमा सक्रिय रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापा जिल्ला बिर्तामोड नगरपालिका -१ घर भइ हाल काठमाण्डौ -१६ सोह्रखुट्टे बस्दै आएका २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोक पनौती नगरपालिका -१ घर भइ काठमाण्डौ -१७ क्षेत्रपाटि बस्दै आएका २४ वर्षीय दिपेश थापा र काठमाण्डौ -१३ बाफल बस्ने २७ वर्षीय राहुल चचान रहेका छन्।
महाशाखाका अनुसार अनुप मिश्रले सन् २०२१ देखि कारोबार गर्दै आएकोमा उनी एक्लैले ३५ करोड ४६ लाख रुपैँयाभन्दा धेरैको कारोबार गरेको जनाएको छ । प्रहरीले उनको खातामा १२ हजार ८ सय अमेरिकी डलर बराबरको बिटक्वाईन रहेको समेत फेला पारेको छ ।
यस्तै, दिपेश थापाले पनि सन् २०२१ देखि नै क्रिप्टोकरेन्सीको कारोबार गरेको र उनले २४ करोड ७९ लाख भन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको जनाएको छ । प्रहरीले उनको खातामा १३ सय ९९ अमेरिकी डलर बराबरको बिटक्वाईन रहेको समेत फेला पारेको छ ।
पक्राउ परेका राहुल चाचानले भने पछिल्लो एक बर्षदेखि क्रिप्टोकरेनसीको कारोबार गरेको र उनले ६ करोड ५३ लाख भन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको छ । प्रहरीले उनको खातामा ६ सय ५१ अमेरिकी डलर बराबरको बिटक्वाईन मौज्दात रहेको जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले दैनिक पाँच हजार देखि ५० हजार सम्म USDT को कारोबार गर्ने गरेको, त्यस्ता क्रिप्टोहरु विभिन्न हाइपर फन्ड लगातयका अनलाईन प्लेफर्महरुमा इन्भेष्ट लगानी गर्नुका साथै व्यापरिक प्रयोजनका सामाग्रीहरु बिदेशबाट आयात गर्दा समेत अनलाइन मार्फत् क्रिप्टोकै रुपमा भुक्तानी गर्दै आएका थिए। साथै उनीहरुले अबैध क्रिप्टो कारोबारका लागि पहिचान गोप्य राखी अन्य सयौ जना व्यक्तिहरु प्रयोग गरेर उनीहरुका नाउँमा बैंक खाता र BINANCE Account खोल्न लगाई निश्चित रकमको कमिसन प्रलोभन देखाई क्रिप्टोको कारोबार गर्न प्रोत्साहित गर्दै आएको जनाएको छ ।
पक्राउ परेका तीनैजना माथि बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम आवाश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको महाशाखाले जनाएको छ ।
सम्बन्धित खबर
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
२९ वर्ष पुरानो हत्या प्रकरणका फरार दोषी पक्राउ
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’