पाेखरा । नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर १४ ले स्थानीय तह निर्वाचन परिचालनका लागि कमिटी गठन गरेको छ । जिल्ला कमिटी सदस्य एवं वडा इन्जार्ज बलबहादुर सेन्चुरीको संयोजकत्वमा ११ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
आइतबार र सोमबार बसेको वडास्तरीय भेलाले निर्वाचनमा वडाबाट उठ्ने जनप्रतिनिधिलाई जिताउन कमिटी गठन गरेर जिम्मेवारी बाँडफाँड भएको छ । निर्वाचन परिचालन कमिटीका संयोजक सेन्चुरी, सह–इन्चार्ज माओ थापा, ढालबहादुर गुरुङ र राजन कार्की छन् । सचिवमा कृष्णप्रसाद बराल, सह– सचिवमा पार्वती ढुंगाना र शाेभा भुजेल छन् । बैठकले जनवर्गाीय संगठबका अध्यक्षहरुलाई पदेन सदस्यको रुपमा रहेन गरेर निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
आन्तरिक निर्वाचनबाट वडाबाट अध्यक्षमा ३ जना सिफारिस भएका छन् । जसमा कृष्ण कुँवर (बटुकृष्ण), क्याप्टेन डेलबहादुर गुरुङ र नन्दकला नेपाली छन् । कृष्ण कुँवर एमाले १४ अध्यक्षसमेत हुन् ।
दलित महिलातर्फ ३ जना, खुला महिलातर्फ ३ जना र खुलातर्फ ६ जनाको नाम सिफारिस गरिएको छ । वडामा दलित तर्फबाट १, खुला महिला तर्फबाट १ र खुला तर्फबाट २ जना उम्मेदवार हुन्छन् । आन्तरिक निर्वाचनबाट दलित सदस्यतर्फ माया विक, शोभा विक र सृृजना सुनार सिफारिस भएका छन् । खुल्लातर्फ सदस्यमा गोपाल सापकोटा, जितेन्द्रजंग थापा, ढोलबहादुर गुरुङ, मानबहादुर भुजेल, यमबहादुर शाही र रामप्रसाद खतिवडा सिफारिस भएका छन् । खुला महिलातर्फ सुनमाया आले, यशोदा केसी भट्टराई र सरिता बास्तोला छन् ।
बैठकले वैशाख ३० गते हुने स्थानीय चुनावका लागि आर्थिक विभाग, प्रचारप्रचार विभाग र ८ वटा उपसमिटिहरु गठन गरेको छ । आर्थिक विभागको संयोजक क्याप्टेन डेलबहादुर गुरुङ र प्रचारप्रचार विभागको संयोजक पृथ्वी कुँवर छन् । संयोजक कुँवरका अनुसार वडामा प्रचारप्रचारका काम तिब्र पार्ने तयारी भएको छ । चुनाव प्रचारका लागि सोमबार नै क्षेत्र नम्बर १ र २ मा अगुवा कार्यकता भेला गरिएको एमाले पोखरा १४ का वडा अध्यक्ष कृष्ण कुँवार (बटुकृष्ण)ले जानकारी दिए । ‘१४ नम्बर वडालाई ८ वटा क्षेत्र नम्बरमा विभाजित गरेका छौं ।
यसमा १ र २ सकियो । अब बाँकी क्षेत्रहरुमा बुधबारदेखि अगुवा कार्याकर्ता भेला गरिन्छ,’ अध्यक्ष कुँवरले भने । अगुवा कार्याकर्ता भेला वडाको क्षेत्र नम्बर २ की अध्यक्ष सुनामाया आलेले गरेकी थिइन् । कार्यक्रममा अध्यक्ष कुँवर, जिल्ला कमिटी सदस्य तारामाया थापा, जिल्ला कमिटी सचिवालय सदस्य, बिजया सुवेदी, जिल्ला कमिटी वडा इन्चार्ज सेन्चुरी र गण्डकी प्रदेश सदस्य रुद्र खत्रीले आ–आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन ओमबहादुर क्षेत्रीले गरेकी थिइन् । कमिटी भेला स्थानीय चुनावसँग सम्बधित थियो । यसअघि २०७४ को निर्वाचनमा पोखरा १४ मा वडाध्यक्षसहित सबै सदस्य एमालेले जितेको थियो
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?