पोखरा । पर्यटकीय स्थल पोखरा २२ (पुम्दी–भुम्दी) को पुुम्दीकोटमा जारी महायज्ञमा १ करोड ६१ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत शनिबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमितिका सह–संयोजक निर्मल बरालले बताए ।
महायज्ञको सातौंैं दिन करिब ४० लाख रुपैया संकलन भएको समितिले जनाएको छ । महायज्ञमा पोखरा २२ लुकुन्स्वाँरा निवासी प्रभा बरालबाट ३ लाख ५ हजार ६ सय ६५, स्थानिय कलावती बरालबाट २ लाख ५५ हजार ५ सय ५५, पोखराका समाजसेवी प्रेम बहादुर जिसीबाट २ लाख ५० हजार सहयोग प्राप्त भएको छ । त्यसै गरी महायज्ञमा पोखरा ८ सिमलचौरका डा.आनन्द बहादुर श्रेष्ठबाट १ लाख ७० हजार, पोखरा ३ तेर्सापट्टी निवासी चिरन्जिबी योग माया द्धवाबाट १ लाख १७ हजार, स्याङजा फेदीखोला हाल पोखरा पार्दी विरौटा निवासी घनश्याम शर्मा लामिछाने १ लाख ५ हजार ५ सय ५५, पोखरा २२ डाँडाथोक धनरुपा बरालबाट १ लाख १ हजार १ सय ११, पोखरा २२ लुकुनस्वाँराका चेतभक्त बरालबाट १ लाख १ हजार १ सय ११ रुपैया प्राप्त भएको छ । त्यस्तै महायज्ञमा पोखरा १७ विरौटाका नरपति देवकोटाले ५० हजार ५ सय ५५, पोखरा २२ स्वाँराका बिष्णु माया बरालबाट ५० हजार १ सय २५ रुपैया प्राप्त भएको सहसंयोजक बरालले जनाए । शनिबार महायज्ञमा विहानै देखि बेलुकासम्म अत्याधिक भिड भएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताए ।

नियमित चल्ने माइक्रो बस सहित शुक्रराज मावि र आमा घर पाठशालाको बसले शनिबार दिन भरी जसो यातायात सेवा निःशुल्क उपलब्ध गराएको आर्थिक उपसमितिका संयोजक डिल्लीराम बरालले बताए । शनिबार भने सार्वजनिक बिदाको दिन भएकोले महायज्ञमा भक्तजनहरु पोखरा र पोखरा आसपासबाट ठुलो सङख्यामा उपस्थित भएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । महायज्ञमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले कथा वाचन गर्दै आएका छन् । पोखराको पार्दी विरौटा बराल फिड) देखि पुम्दीकोटसम्म जाने बसको व्यबस्था गरिएको छ ।
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बरालले पुम्दीकोट बिशाल महादेवको मुर्ति निर्माण अभियानलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक भएको बताएका छन् । महायज्ञमा आमा धनरुपा बरालको नाममा एक लाख १ हजार सहयोग गर्दै मन्त्री बरालले पुम्दी भुम्दी सहित पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको बिशाल महादेवको मुर्तिका अपुरा कार्य पुरा गर्न सबै एक हुनु पर्नेमा जोड दिए ।
पुम्दीकोटलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न समितिका अध्यक्ष चन्द्रकान्त बराल नेतृत्वको टोलीले पुराएको योगदानलाई मन्त्री बरालले प्रशंसा गर्दै उक्त अभियानमा सहयोग गर्नेहरु प्रति आभार समेत व्यक्त गरे । विशाल महादेवको मुुर्ति अभियानमा थप आवश्यक पर्ने बजेट व्यवस्थापन गर्न मन्त्री बरालले राज्यको तर्फबाट थप सहयोग जुटाउन पुनः पहल गर्ने बताए । बिशाल महादेवको मुर्ति निर्माण अभियान अन्र्तगत वडा देखि पुम्दीकोटसम्मको सडक पिचको लागि १२ करोडको टेण्डर भएर काम अघि बढेको उनले बताए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो