ठूला दलले आज उम्मेदवारी दर्ता गर्दै

ठूला दलले आज उम्मेदवारी दर्ता गर्दै

nirbachan_aayog 1

काठमाडौँ । स्थानीय तह निर्वाचनको लागि ठूला दलले आज (सोमबार) उम्मेदवारी दर्ता गर्दैछन्।

निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोकेकोमा हिजो पहिलो दिन धेरै पालिकामा साना दल र स्वतन्त्रबाट मात्रै उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार हिजो देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन्।

पालिका अध्यक्ष र मेयरमा ९८७, उपाध्यक्ष र उपमेयरमा ५०८ जनाको उम्मेदवारी परेको छ। वडाध्यक्षमा २ हजार ९२१, वडा सदस्यमा ३ हजार ३३८, महिला सदस्यमा १ हजार ५७६, दलित महिला सदस्यमा १ हजार २०३ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ। उम्मेदवारी दिनेमध्ये ३ हजार ५०६ जना महिला छन्।

आयोगले मनोनयन दर्ताका लागि आज बेलुकी ५ बजे अन्तिम समय निर्धारण गरेको छ । चुनावी कार्यक्रम अनुसार आज नै उम्मेदवारको नामावलीको सूची प्रकाशित हुनेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds