पोखरा । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि परामर्श दिँदै आइरहेको नेप्कम्स सर्भिसेज पोखराको आयोजनामा यही वैशाख २० गते मंगलबार (३ मे, २०२२) मा ‘अष्ट्रेलियन एजुकेसन इन्फो डे २०२२’ हुँदैछ ।
सिद्धार्थचोक स्थित आफ्नै सभाहलमा हुने उक्त फेयरमा अष्ट्रेलियाका विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरु सहभागी हुने हुँदा विद्यार्थीले प्रत्यक्ष रुपमा भेटी आफ्नो जिज्ञासा उनीहरु मार्फत मेट्न सक्ने संस्थाका मेनेजर सन्तोष शाहीले जनाए ।
उनका अनुसार सम्बन्धित देशको शिक्षाका बारेमा आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सकिनेछ । ‘सहभागी विद्यार्थीको शैक्षिक योग्यता र आइएलटिस, पिटिई सर्टिफिकेटको आधारमा अन द स्पट नै एसेस्मेण्ट गर्नेछौं । शैक्षिक स्तर राम्रो भएका विद्यार्थीको लागि कलेजले स्कलरसिप पनि दिनेछ ।’ – शाहीले भने – ‘ति कलेज तथा विश्वविद्यालयमा लाग्ने एप्लिकेसन चार्ज डिस्काउण्ट गर्ने र सेमिनारमा सहभागी भएका विद्यार्थीले आइएलटिएस, पिटिइ गर्न चाहेमा ३०% डिस्काउण्ट अफरको पनि व्यवस्था गरेका छौं ।’
साथै, मेलामा सहभागी सबै विद्यार्थीहरुलाई विभिन्न उपहारको पनि व्यवस्था गरिएको छ । प्लस टु, व्याचलर तथा मास्टर पास गरेका विद्यार्थीहरु एजुकेशन इन्फोडेमा भाग लिन सक्नेछन् । विशेष गरी अष्टेलिया जान चाहने विद्यार्थी यसमा सहभागी भई कलेज, विश्वविद्यालयको भर्ना प्रक्रिया, पढ्न लाग्ने शुल्क, स्कलरसिप, भिसा प्रोसेसिङ्ग र त्यहाँ पुगेपछिको बस्ने व्यवस्था, पार्ट टाइम जवआदी सम्बन्धी जानकारी लिन सक्नेछन् । अष्ट्रेलियामा अध्ययन पछाडि काम गर्ने अवसर र नयाँ अध्यागमनका नियमहरुको बारेमा पनि जानकारी गराइनेछ ।
युनिस्टार एजुकेशन नेप्कम्स् सर्भिसेजको पोखराको लागि आधिकारिक कार्यालय हो । युनिस्टारले आईएलटिएस र पिटिईतयारी कक्षाका साथै अष्टे«लिया लगायत युके, युएके, क्यानडा, अमेरिका, न्यूजिल्याण्ड, जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने गर्दछ । हामीले सर्टिफाइड काउन्सिलरबाट काउन्सिलिङ गर्दै आइरहेका छौं । अष्ट्रेलिया लगायत विभिन्न देशका विभिन्न कलेज तथा युनिभर्सिटिको अथोराइज्ड रिप्रिजेन्टेटिभ पनि नेपकम्स रहेको छ । अष्ट्रेलियामा मुख्य कार्यलय रहेको नेप्कम्स् सर्भिसेजको पोखरा, बुटवल, धरान र काठमाडौंमा शाखा कार्यालयहरु रहेको छ ।
विद्यार्थीहरुलाई नेपालमा मात्र नभई अष्ट्रेलियामा गएपछि आउने विभिन्न समस्या समाधानको लागि पनि सहयोग गरिने शाहीले बताए । अध्ययनपश्चात् पिआरको लागिपनि नेप्कम्स् सर्भिसेज अष्ट्रेलियनले सहयोग गर्नेछ । शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त नेप्कम्सले क्युईएसी सर्टिफाइड र अष्ट्रेलियन माइन एजेण्टहरुद्वारा सञ्चालित एजुकेशन तथा माइग्रेसन सम्बन्धी परामर्श दिँदै आएको छ ।

सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो