मिडियाकर्मी तथा फेशन कोरियोग्राफर अरुण गिरी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् । राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनको हातबाट उनले पार्टी सदस्यता लिएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय राजनीतिमा गरेको योगदान र सो पार्टीको विधान आफू अनुकूल लागेकोले स्वतस्फूर्त रुपमा राप्रपा प्रवेश गरेको गिरीले बताए । ‘सबैभन्दा पहिला कुनै पनि पार्टीमा औपचारिक रुपमा प्रवेश गर्नका लागि त्यो पार्टीको आस्थासँग आफ्नो आस्था मिल्न जरुरी हुन्छ । यसर्थमा मेरो आस्था यो पार्टीसँग मिल्यो । र, मेरो राजनीतिक जीवनको शुरुवात पनि यसरी नै भयो ।’ गिरीले भने–‘पार्टीको विधानमा रहेर पार्टीलाई बलियो बनाउने अभियानमा पनि दत्तचित्त भएर लाग्नेछु ।’
गिरीले धार्मिक, जातीय र साँस्कृतिक सहिँष्णुतालाई कायम राख्दै नेपाललाई हिन्दु राज्यको रुपमा स्थापित गर्ने पार्टीको लाइनलाई राजनीतिक रुपमा आफूले विशेष वकालत गर्ने बताए । ‘पार्टीको विधानमा रहेर पार्टीको मुख्य एजेन्डाहरुलाई स्थापित गर्ने कुरामा कुनै सम्झौता गर्नेछैन ।’ गिरीले भने ।
राप्रपा प्रवेश गरेका गिरी चलचित्र पत्रकार संघ कास्की शाखाको अध्यक्षसमेत हुन् । त्यो सँगै उनी संचार उद्यमी पनि हुन् । उनले मनोरञ्जन क्षेत्रसँग सम्बन्धित पत्रकारिता गर्दै आएका छन् । पोखराबाट उनले जक्शन डटकम नामक अनलाइन मिडिया संचालन गर्दै आएका छन् ।
राप्रपामा युवाहरुको आकर्षण बढेकाे छः लिङ्देन
पार्टी सदस्यको रुपमा गिरीलाई स्वागत गर्दै राप्रपाका अध्यक्ष लिङ्देनले पछिल्लो समय राप्रपामा युवाहरुको आकर्षण बढेको प्रतिक्रिया दिए ।
‘युवा पुस्तामाझ राप्रपाको आकर्षण बढेको कुरा अरुण गिरीको पार्टी प्रवेशले पनि पुष्टी गर्छ । यसरी नै हजारौँ, लाखौँ संख्यामा युवाहरु यो पार्टीमा आउने लहर चलेको छ । यो पार्टीको विरासत जोगाउने काम पनि युवा जमातले नै गर्नेछ ।’ लिङ्देनले भने ।
लिङ्देनले आगामी चुनावमा पनि राप्रपाले गतिलो मत ल्याएर देखाउने दाबी गरे । उनले राप्रपा, हिन्दु राष्ट्र राष्ट्र र संवैधानिक राजतन्त्रप्रति जनताको आशा बढेको बताए ।
गिरीलाई बुधबार राप्रपा कास्कीले पनि एक कार्यक्रमको आयोजना गरी बधाई तथा स्वागत गरेको छ ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु