बागलुङ । काठेखोला गाउपालिका ६ बिहुँकोटमा विद्युत करेण्ट लागेर दुई युवतीको मृत्यु भएको छ ।
आज बिहानै जंगलमा घाँस पर्सेउला लिन गएका स्थानीय २० वर्षिया निशा कँडेल र २५ वर्षिया गुमा कँडेल विहान अबेर सम्म घरमा नफर्केपछी फोन गर्दा समेत सम्पर्क नभएकाले खोज्न जाँदा बिद्युत पोल नजिकै दुबै जना मृत अवस्थामा भेट्टिएका थिए ।
यस दु:खद घटना पछी घटनास्थलको अवस्था तनावपूर्ण बनेको छ । बिद्युत प्राधिकरणको चरम लापर्बाहीका कारण दुई युवतीको मृत्यु हुन गएको भन्दै स्थानीयले मृतक महिलाहरुको शव उठाउन दिएका छैनन् । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिई गएको प्रहरी टोलीले घटनाको मुचुल्का तयार पारेपनि आक्रोशित जनसमूहले जबसम्म विद्युत प्राधिकरणले घटनाको जिम्मा लिँदैन तबसम्म शव उठाउन नदिने अडानमा रहेका छन् ।
धेरै पहिले देखि विद्युत पोल माथि रहेको तार अडाउने ठाउँबाट तार छुट्टिएर पोलमा छुने र त्यहाँबाट करेण्ट जमिनमा प्रवाह भएर बाटो हिँड्नेको ज्यान जानसक्ने भएकोतर्फ प्राधिकरणको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेकोले आज यस्तो दुखद घटना घट्न पुग्यो भन्दै स्थानीयहरु आक्रोशित बनेका हुन् ।
बिद्युत पोलहरु जीर्ण रहेको र प्राधिकरणले समयमै त्यस्को उचित व्यवस्थापन गर्न नसक्दा आजको दुखद घटना घटेको स्थानीयको भनाई रहेको छ ।
भरत सापकोटा/ ebaglung.com बाट साभार
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह