पोखरा । कास्कीको मादी गाउँपालिकामा नेकपा (एमाले)ले चुनावी घरदैलो अभियान सुरु गरेको छ । मादी–३ कुस्कु डाँडाबाट एमालेले घरदैलो अभियान सुरु गरेको हो ।
मादी ३ याङ्जाकोट, मादी ४ घामलुङ (सृष्टि टोल)का वस्तीमा शुक्रबार घरदैलो गरिएको एमाले पालिका कमिटी सचिव सुवास सापकोटाले जानकारी दिए । गाउँपालिका अध्यक्ष उम्मेद्वार, शिवबहादुर गुरुङ (महेन्द्र), उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङ, वडाध्यक्ष र वडा सदस्य उम्मेद्वारसहित एमालेका स्थानीय नेता–कार्यकर्ता घरघरै मत माग्न पुगेका हुन् ।
कुस्कु डाँडामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्षका उम्मेद्वार महेन्द्र गुरुङले सुखी नेपाली, समृद्ध नेपालको नारालाई पुरा गर्न आफू नेतृत्वको टोली सक्षम रहेको बताए । हालको पालिका सरकारले सुरु गरेको कामलाई पुरा गर्ने उनको प्रतिबद्धता छ । ‘हिजो गाउँका गोरेटो बाटोमा भिरपाखामा लडेर हिँड्नुभयो । आज त्यहाँ मोटर माटो खोलिएको छ । त्यो बाटोलाई स्तरोन्नति गर्छु,’ उनले भने ।
आफूले खेलकुद विकास समितिमा बसेर काम गरेको बताउँदै उनले खेलकुद पूर्वाधार विकास पनि आफ्नो प्राथमिकता भएको सुनाए । मादीमा ४० लाख रुपैयाँ लागतमा रंगशाला बनाउन बजेट छुट्याए पनि प्रदेश सरकार फेरिएसँगै बजेट काटिएको उनको भनाइ थियो । उनले कृषिमा परम्परागत शैली नभई नयाँ प्रविधिको प्रयोग गर्ने बताए । ‘हामी वर्षमा तीन खेती मकै, कोदो र धान लगाउँछौँ । यहाँको माटोको परीक्षण गरेर वर्षमा हुन सक्ने खेती अध्ययन गर्छौँ,’ अध्यक्ष उम्मेद्वार गुरुङले भने, ‘वर्षमा पाँच थरी खेती गर्न सकिने गरी हाइब्रिड बिरुवा दिन्छौँ । यसले आम्दानी पनि हुन्छ ।’
उपाध्यक्ष उम्मेद्वार कल्पनाले आफूहरु भोट माग्नमात्रै नभई जितेर गएपछि पनि जनताको समस्या बुझ्न वस्तीवस्ती आउने बताइन् । पालिका ठूलो भएको र पिछ्डिएका वडा र वर्गलाई प्राथमिकता दिने उनले प्रतिबद्धता जनाइन् ।
गाउँपालिका अध्यक्ष वेदप्रसाद गुरुङले असहज परिस्थितिमा पनि आफूले गरेको काम जनताले मूल्यांकन गरेकाले फेरि एमालेले जित्ने दाबी गरे । कोरोना महामारीले गर्दा पुरा गर्न खोजेका काम हुन नसकेकोमा माफी मागे । ‘म नेतृत्वको टिमको दुई वर्ष कोरोना महामारीले असहज भयो । अहिले युवा जोस गाउँपालिका हाँक्न आएको छ । यो जोसमा अझ उत्साह थप्नपर्छ,’ गुरुङले भने ।
मादी ३ का वडाध्यक्ष उम्मेद्वार जेमप्रसाद गुरुङले खानेपानी पुग्न बाँकी रहेका घरघरमा पानी पुर्याउने वाचा गरे । त्यस्तै पालिकाभित्रका मूल सडक कालोपत्रे गर्न पहल गर्ने बताए । ‘पहिला थोरै मतले हाम्रो वडामा एमाले पछि पर्यो । यसपटक जित्ने गरी लागेका छौँ,’ उनले भने, ‘हाम्रो नेतृत्व नहुँदा वडामा स्थानीयले खोजेजस्तो काम हुन सकेन । एकपटक अवसर पाए काम गरेर देखाउँछौँ ।’
शनिबार मादी ९ मा घरदैलो अभियान गरिने पार्टी पालिका कमिटीले जनाएको छ ।
सम्बन्धित खबर
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प