पोखरा । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको १७ औं शाखा पोखराको चाउथेमा आजदेखि शुभारम्भ भएको छ ।
आज मातातीर्थ औंसीको दिनमा पोखरा उद्योग वाणिज्य संघका प्रथम वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले डिपार्टमेन्ट स्टोरको उद्घाटन गरेका हुन् । भक्तपुरमा मुख्य कार्यालय रहेको यस सहकारीले देशको ३९ वटा जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरिसकेको छ ।
डिमार्टमेन्ट स्टोरको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका प्रथम वरिष्ठ उपाध्यक्ष प्रजापतिले युवाहरुलाई स्वदेश मैं रोजगारी प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे ।

त्यसैगरी, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुशिल बानियाले पाँच वर्ष भित्रमा पाँचसय डिपार्टमेन्टल स्टोर्स देशभरी खोल्ने र युवाहरुलाई प्रमुख प्राथमिकताका साथ रोजगारी दिने दावी गरे । अध्यक्ष बानिया भने–‘अहिले पनि यस सहकारीले सातसय भन्दा बढि युवायुवतीलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गरेको छ भने सर्वसाधारण जनतालाई सुपथ र सुलभ तरिकाले दैनिक आवश्यक सामाग्रीहरु उपलब्ध गराउँदै आइरहेको छ ।’
कार्यक्रममा कास्की जिल्ला कैं सबैभन्दा ज्येष्ठ ११२ वर्षकी वृद्ध आमा गौरी आचार्यलाई वरिष्ठ अतिथिको रुपमा निमन्त्रणा गरेर सम्मान गरिएको थियो । वि.सं. १९६६ चैत महिनामा कास्कीको धितालमा जन्मनु भएकी वृद्ध आमालाई शिखर अर्गनाईजेसन लि.का उपाध्यक्ष गीता शर्मा र प्रमुख अतिथि प्रजापतिले संयुक्त रुपमा सम्मान गरेका थिए ।
कार्यक्रममा उपकार मिडिया हाउस, टेक्नोडाउन प्रा.लि., डिजिटल शिखर कम्पनीका अध्यक्ष कल्स शर्मालाई पनि मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा डिपार्टमेन्टल स्टोर्सकी कर्मचारी सुशिला न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?