पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले जिल्ला प्रवक्ताको रुपमा युवा नेता अरुण गिरीलाई नियुक्त गरेको छ । पार्टीको जिल्ला कमिटि बैठकले गिरीलाई प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकपछि राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले गिरीलाई जिल्ला प्रवक्ताको रुपमा सर्वसम्मतीले निर्णय भएको जानकारी दिए । पार्टीले अब जिल्लाको सम्पूर्ण खाले सूचना र जानकारीहरु प्रवक्तामार्फत दिईने पनि बैठकले निर्णय गरेको छ ।
अध्यक्ष गुरुङले गिरीजस्तो युवालाई पार्टीको जिल्ला प्रवक्ता नियुक्त गर्न पाउँदा आफू पनि निकै खुशी भएको बताए । ‘राप्रपा पुराना र बुढोहरुको पार्टी हो भन्ने आरोपलाई हाम्रो यो निर्णयले ठाडै अस्विकार गर्छ ।’ उनले भने–‘वास्तवमा युवाहरुको सबैभन्दा नजिकको पार्टी नै राप्रपा हो ।’ उनले गिरीलाई युवा जोश र जाँगरसहित पार्टीको काममा जिम्मेवार भएर लाग्न शुभकामना समेत दिए ।
लामो समयदेखि राप्रपासँग नजिक रहेका गिरी केहि दिन अगाडि मात्रै औपचारिक रुपमा राप्रपा प्रवेश गरेका थिए । राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको हातबाट पार्टीको सदस्यता लिएका गिरीलाई कास्की जिल्ला प्रवक्ताको रुपमा पार्टीले अगाडि सारेको हो । संचारकर्ममा रहँदै आएका गिरीलाई प्रवक्ता बनाईसकेपछि पार्टी अझै बढि संचारमैत्री बन्ने विश्वास जिल्ला अध्यक्ष गुरुङले व्यक्त गरे ।
प्रवक्ताको रुपमा नियुक्ति लिएसँगै राप्रपा नेता अरुण गिरीले पार्टीले आफूलाई गरेको भरोषाले थप जिम्मेवार बनाएको प्रतिक्रिया दिए । ‘पार्टीले जुन विचार बोकेर अगाडि बढेको छ त्यसलाई सशक्त रुपमा स्थापित गर्ने मेरो लक्ष्य हुनेछ ।’ राप्रपा कास्कीको प्रवक्ता भैसकेपछि गिरीले भने–‘राप्रपा लक्षित भ्रमहरु अन्य दल र वैचारिक संगठनहरुले जसरी नकारात्मक रुपमा फैलाईरहेका छन् । त्यो भ्रम चिर्नका लागि म सदैव लाग्नेछु । राप्रपा जनताको पार्टी हो र जनतालाई विकल्प दिन सक्ने पार्टी राप्रपा मात्रै हो भन्ने कुरा पुष्टी गर्ने गरि मैले काम गर्नेछु ।’
त्यो बाहेक राप्रपा कास्कीको आधिकारीक धारणाहरु आफुले दिने उनले बताए । त्यस्तै आफू पनि युवा भएकोले पार्टीप्रति युवाहरुको आकर्षण बढाउने कुरामा आफ्ना ध्यान केन्द्रित हुने गिरीले बताए । साथै उनले आसन्न स्थानिय तहको निर्वाचनमा पार्टीको उम्मेदवारहरुलाई जिताउनका लागि आफू र आफ्नो टिम दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो