पोखरा । पोखरा १७, छोरेपाटन स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा आयोजित प्रथम फुड फेस्टिबल सम्पन्न भएको छ । गण्डकी स्तरकै सामुदायिक स्तरबाट सञ्चालित पहिलो होटल व्यवस्थापन बिषयमा अध्ययन हुने उक्त क्याम्पस तथा होटल व्यवस्थापन कार्यक्रमका विद्यार्थीहरुको व्यवस्थापनमा दुई दिन चलेको फेष्टिवल शनिबार समापन भएको हो ।
यसैबिच, गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले उक्त क्यापस तथा फेष्टिवलको अवलोकन गरेका छन् । क्याम्पसमा राखिएका विभिन्न ५ वटा स्टलका खानाका परिकारको मन्त्री बरालले अवालोकन गरेका क्याम्पसका सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले बताए । क्याम्पस प्रमुख धर्मराज बराल, होटल व्याबस्थापनका इन्चार्ज आसिस पौडेल, होटल व्याबस्थापनका सहजकर्ता जितेन्द्र थापाले क्याम्पसको बारेमा तथा होटल व्याबस्थापनका बारेमा मन्त्री बराल समक्ष जानकारी गराएका थिए ।
उक्त फेष्टिवलमा स्वदेशी तथा विदेशी विभिन्न खानाका परिकारहरु, नृत्य प्रस्तुति, विविध मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, साहित्यिक कार्यक्रम, साथमा विविध प्रस्तुतिहरु रहेको क्याम्पसका प्रशासन प्रमुख ऋषिराम बरालले बताए । होटल व्याबस्थापनमा करिब १ सय ५० जना बिद्यार्थीहरु अध्ययनरत रहेको क्याम्पसले जनाएको छ ।
यसैबिच, सांसद बिद्या भट्टराईले समेत क्याम्पस तथा क्याम्पसमा आयोजित फेष्टिवलको अवलोकन गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’