पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार धनराज आचार्यले पोखरा बनाउने प्यासनसहित आफू उम्मेदवार बनेको बताएका छन् । गठबन्धनले आइतबार पोखरामा आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्यले पोखरा बनाउने प्यासन र प्लान लिएर आफू उम्मेदवार बनेको बताएका हुन् ।
पोखरा बनाउन चार कुरा चाहिन्छ,उनले भने,‘प्यासन, प्लान, डेडिकेसन र लिडरसीप । त्यो हामी ५ दलीय गठबन्धनमा छ ।’ उनले पोखरा बिगार्ने छुट कसैलाई नभएको बताउँदै उनले थपे,‘सँधैभरी समस्या मात्र देख्ने, सँधै कम्फर्ट जोनमा मात्रै बस्नेहरु छन् यहाँ हाम्रा प्रतिष्पर्धीहरु । तर हामी बनाउने योजना र कार्यान्वयन गर्ने आधार बनाएर आएका छौं । एकपटक विश्वास गरेर मतदान गरिदिनुस् ।’
उम्मेदवार आचार्यले गठबन्धनलाई मजबुत बनाउन पोखराका सबै वडामा साझा उम्मेदवार चयन गर्नुपर्ने बताए । त्यसका दलहरुलाई आग्रह गर्दै उनले भने,‘बैशाख २० गतेसम्ममा साझा उम्मेदवार चयन गरौं, त्यसले एकताको सन्देश दिन्छ । त्यसो भयो भने हामी सजिलै जित्छौं ।’
कार्यक्रममा गठबन्धनका तर्फबाट उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले गठबन्धन मुलुकको आवश्यक्ता भएको बताईन् । उनले संविधान, लोकतन्त्र र राष्ट्रियता संरक्षणका लागि गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिइन् । उनले भनिन्,‘गठबन्धनले जितेन भने फेरीपनि संविधान, लोकतन्त्र, राष्ट्रियता खतरामा पर्छ, त्यसको संरक्षणका लागिपनि गठबन्धनले जित्नुपर्छ ।’
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ