पोखरा । पोखरा २५ का वृद्ववृद्धाको एउटै बोली छ, ‘अहिलेको चुनावमा जित एमालेकै हो, गठबन्धन भएर हिंडेका सबै एक दिन हामी (एमाले) सँग मिल्न आउँछन् ।’ उनीहरुले एकै घरका परिवारका सदस्य समेत नमिल्ने बताउँदै ५ दल मिल्नेमा विश्वास नभएको बताएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित चुनावी घरदैलो कार्यक्रममा एमाले उम्मेद्वार जिताउन वृद्ववृद्धाको पनि र जोश र जाँगर युवाजस्तै छ ।
हेमजा निवासी ९० वर्षीय चित्रबहादुर कार्कीले अहिलेसम्म हार्न नजानेको एमालेको अब पनि निश्चित रुपमा विजयी हुने ठोकुवा गरे । उनले पहिले बहुमत आएको ठाउँमा अव पुरै एमालेमय हुने विश्वास व्यक्त गरेका छन् । उनले थपे, ‘ढुक्क भए हुन्छ, जित एमालेको हो, हाम्रो हो ।’

अर्का वृद्व होमबहादुर थापाले पोखरा २५ मा अग्रजले राखेको कृतिमान र विरासत कायम राख्नु अहिलेको पुस्ताको मुख्य जिम्मेवारी भएको बताउँदै युवा जागरुक भएर जसरी हुन्छ, अहिलेको गठबन्धनलाई परास्त गरेर एमाले उम्मेदवारलाई जिताउन सुझाव दिएका छन् ।
यो पटक एमालेको तर्फबाट वडा नं २५ मा वडाध्यक्ष पदका उमेद्वार तिर्थबहादुर थापा, सदस्य सुवास भण्डारी, कृष्णबहादुर कुवँर, महिला सदस्य धनकुमारी पोखरेल तिमिल्सिना, दलित महिला सदस्य तारा विश्वकर्मा चुनावी मैदानमा छन् ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै