पोखरा । स्थानीय निर्वाचनलाई लक्षित गर्दै पोखरा महानगरपालिका र कास्कीका चार वटै गाउँपालिकामा गठबन्धनमा समावेश दलहरुले प्रचारलाई तिव्रता दिएका छन् ।
यो पटक कुनै पनि हालतमा गठबन्धनको जित निकाल्ने गरि काम भैरहेको नेपाली काँग्रेस कास्कीले जनाएको छ । गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले उम्मेदवारी दिएका छन् भने उपमेयर पदमा कोपिला रानाभाटले उम्मेदवारी दिएकी छन् । त्यसैगरि महानगरका ३३ वटै वडामा गठबन्धनबीच सहमती भई चुनावी प्रचारलाई अगाडि बढाईएको नेपाली काँग्रेसले जनाएको छ ।
‘यो पटक कुनैपनि हालतमा गठबन्धनले चुनाव जितेरै छाड्छ । प्रतिगमनविरुद्धको यो लडाईमा गठबन्धन एक भएर अगाडि आएको छ । र, जनताले पनि प्रतिगमन विरुद्ध गठबन्धनमै समावेश दलहरुका उम्मदेवारहरुलाई मत दिने पक्कापक्की छ ।’ नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भने–‘उम्मेदवारहरुको चुनावी प्रचारको क्रममा पनि गठबन्धनको पक्षमा जनमत रहेको प्रस्ट भैसकेको छ ।’
त्यस्तै गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्यले आफ्नो नेतृत्वमा आईसकेपछि पोखरा महानगरपालिकाको सम्पूर्ण काम पारदर्शी हुने बताएका छन् । ‘कुनैपनि काम बन्द कोठाबाट हुँदैन । स्थानीयको समस्या र सुझाव संकलन गरि सोही अनुसार कामहरु अगाडि बढ्नेछौँ ।’ गठबन्धनको तर्फबाट महानगरको मेयरमा उम्मेदवारी दिएका आचार्यले नेकपा एकिकृत समाजबादीको प्रतिनीधित्व गर्छन् ।
त्यस्तै उपमेयरका उम्मेदवार कोपिला रानाभाटले महानगरमा आफूहरु निर्वाचित भएर आउनु भनेको महानगरबासीको जित भएको बताईन् । ‘हामीप्रति मतदाताहरुको ठुलो आशा र भरोषा छ । हामीले मतदाताहरुलाई निराश हुन दिनेछैनौँ ।’ काँग्रेसको तर्फबाट उम्मेदवारी दिएकी रानाभाटले महानगरबासीले यस अगाडिको नेतृत्वबाट फगत कुराहरु मात्र सुन्न परेको बताउँदै आगामी दिनमा आफूहरु निर्वाचित भएपछि नगरबासीले सुखको सास फेर्न पाउने बताईन् ।
महानगरको ३३ वटै वडामा गठबन्धनका उम्मेदवारहरुको घरदैलो यतिबेला तिव्र छ । उता पोखरा १७ मा गठबन्धनबाट उम्मेदवारी दिएका देवराज आचार्यले आफूहरुले एमालेको गढलाई यो पटक भत्काउने दाबी गरेका छन् । त्यस्तै महानगरको वडा नम्बर १ देखि ३३ सम्मै गठबन्धनप्रतिको जनलहर ह्वात्तै बढेको र यो पटक गठबन्धनको पक्षमा भारी मत आउने नेकपा एकिकृत समाजबादीका जिल्ला सचिवालय सदस्य शिवराज आचार्य बताउँछन् ।
त्यस्तै कास्कीको अन्नपूर्ण, मादी, रुपा र माछापुच्छ«े गाउँपालिकामा पनि गठबन्धन दलका उम्मेदवारहरुले आफ्नो प्रचारलाई तिव्रता दिएका छन् । यो पटक कास्कीका चारवटै गाउँपालिकामा गठबन्धनकै उम्मेदवारहरुले जित हासिल गर्ने गठबन्धन सम्बद्ध दलहरुले दाबी गरेका छन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो