पोखरा। चुनावी माहोल पोखरामा यतिबेला तातिएको छ । यसैक्रममा पोखरा महानगरपालिका वडा नं १ मा स्थानीय तहको निर्वाचन निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले घरदैलो कार्यक्रलाई तीव्रता दिएको छ ।
नेकपा एमालेले आज वडाका विभिन्न टोलमा घरदैलो कार्यक्रमको आयोजना ग¥यो । एमालेको कार्यक्रममा मतदाता उत्साहित देखिएका छन् । घरदैलो कार्यक्रममा वडाका स्थानीयबाट एमालेका उमेद्वारले आशिर्वाद समेत लिएका छन् । उनीहरुले स्थानीय बासिन्दाका विभिन्न गुनासो तथा समस्या सुनेर समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै नेकपा एमालेको तर्फबाट १ नं वडामा अध्यक्षका प्रत्यासी साहारा प्रधानले आफूहरुलाई भोट दिएर जिताउन आग्रह गरेका छन् । आफूले जितेको खण्डमा वडावासीका सबै समस्या समाधान गर्ने र वडावासीलाई कुनै पनि सुविधाबाट बञ्चित नगर्ने उनको भनाई थियो ।
घरदैलो कार्यक्रममा वडामा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी प्रधानसहित महिला सदस्यका उमेद्वार शोभा गुरुङ, दलित महिला सदस्यका उमेद्वार जुकमाया दमाई, खुल्ला सदस्यका उमेद्वार ठाकुरप्रसाद बगाले तथा जुमकाजी गुरुङको समेत सहभागिता रहेकाे थियो ।
उक्त वडामा आगामी दिनमा समेत निर्वाचन लक्षित घरदैलो तथा विभिन्न कार्यक्रमको आयोजना निरन्तर रुपमा गरिने बताइएको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै