पोखरा महानगरपालिका मेयरका उम्मेदवार धनराज आचार्यले महानगरको व्यवस्थापन उल्टो बाटोमा हिँडेको बताएका छन् । गठबन्धनको तर्फबाट मेयर पदमा उम्मेदवार दिएका उनले उल्टोबाटोमा हिडेको महानगरको व्यवस्थापनलाई सुल्टो बाटोमा ल्याउन १ महिनाभित्र सुशासनको प्रत्याभूति दिलाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महानगरमा पार्टी कार्यकर्तालाई कर्मचारीको रुपमा भर्ना गर्दा ड्युटीफुल गर्ने काम भएको तर सुशासन नदेखिएको बताए । हामीलाई थाहा छ हाजिर गर्ने र कामनगर्ने कर्मचारीहरु महानगरमा छन् । ड्युटीफुल त भयो अब हामी व्युटिफुल ड्युटी बनाउने छु’ उनले भने,’ हामी त्यहाँ भएका कर्मचारीलाई निकाल्छौ भनेका छैनौ तर, राइट पर्सन राइट प्लेस गर्नेछौ ।’ उनले पोखरा पर्यटकीय सहर भएकाले सुरक्षाको प्रत्याभुतहुने गरि २४ सै घण्टा पर्यटकीय क्षेत्र खुल्ला गर्न पहल गर्ने बताए ।
उनले मुख्य सहर, सहर उन्मुख र पहाडलाई तीन चरणमा बाडेर विकासको अवधारणा अघि बढाउने बताए । उनले शीर्ष नेताले दिएको चुनौतीलाई आफूले अवसरको रुपमा लिएको र म नभनेर हामीबनाउने प्रतिबद्धता व्यक्त गरे । उनले पुर्वाधार मध्यको सबैभन्दा पहिला बाटो रहेको र बाटो पुगे विकासको दियो बल्ने बताए । त्यसपछि बिजुली र शुद्ध खानेपानी पु¥याउन अभियान चलाउन आवश्यक भएको बताए ।
३३ वटै वडामा विज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा दिने प्रतिबद्धता व्यक्त गरे । वडामा मेट्रो अस्पताल बनाउने र पोखराका हरेक वडामा बसपार्क बनाउने साथै पृथ्वी चोकमा रहेको बसपार्कलाई २ वर्षमानै सिटि बसपार्क बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सार्वजनिक विद्यालयमा सबै सेवा हुँदाहुँदै पनि शिक्षाको गुणस्तरमा प्रश्न उठाउन आवश्यक रहेको र निजि विद्यालयसंग साझेदारी गर्ने बताए ।
उपमेयर उम्मेदवार कोपिला रानाभाटले वडा ३३ मा विकासका आधारभुततत्वको समेत सुधार नभएको बताइन् । उनले उपमेयरको अधिकार विषेशगरी न्यायिक समिती र पुर्वाधार संरचना अनुगमन रहेकाले वडा ३३ मा न्यायीक समिती ल्याउने बताइन ।
उनले अघिल्लो जनप्रतिनिधिले न्यायीक समितीले वडा ३३ लाई बेवास्ता गरेको अब त्यसो नहुने उनले बताइन् । भौगोलिक र मतदाताका हिसाबले ठूलो वडा रहेकाले यो वडा अबका दिनमा भाग्यमानी साबित हुने उनको भनाइ रहेको छ ।
नेपाली कांग्रेस क्षेत्र २ का अध्यक्ष केशव प्रसाद पौडेल (निर्दोषि), वडा ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा एसका पोखरा नगर अध्यक्ष मुक्ति पौडेल, नेकपा माओवादी केन्द्र हरिनारायण गिरी लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो