कञ्चन थापा, पाेखरा । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिरहँदा दलहरूले घरदैलाे अभियानलाई तीव्रता दिएका छन् । पोखरा महानगरपालिका वडा नं. ४ मा नेकपा एमालेका उम्मेदवारहरु घरदैलो गरिरहँदा वडाबासीमा पनि उत्साह देखिएकाे छ । युवा नेता मदनकुमार मुल्मी नेतृत्वकाे जाेशिलाे टीम घरघर अाउँदा वडाबासीहरू प्रफुल्ल देखिन्छन् ।
घरदैलोको आज सातौँ दिनमा वडाका बागलुङ बसपार्क, शाही टोल, कालीमाटी टोल, गैह्रापाटन, सिद्धार्थ टोल हुँदै चिप्लेढुङ्गाका विभिन्न ठाउँमा भेटघाट गरिएकाे छ ।
घरदैलो गरिरहँदा उम्मेदवारहरुलाई मतदाताहरुले अहिलेको वडा नेतृत्वले वडा भित्र खासै विकासका कामहरू नगरेको भन्दै गुनासो पोखेका छन् । वडाको विकासका लागि आफूहरुलाई एकपटक जिताएर पठाउन आग्रह समेत उम्मेदवारले गरेका छन् । युवा जोश, अग्रजको सल्लाह अनुसार र वडा नम्बर ४ वासीको आवश्यकता र मागलाई सम्बोधन गरेर अगाडि बढ्ने आफ्नो प्रतिबद्धता रहेको मुल्मीले उल्लेख गरे ।
सामाजिक आर्थिक रुपान्तरण गर्नको लागि, सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षामा सुधार ल्याउनको लागि, वडाको फोहोरमैलाको उचित व्यवस्थापन गर्नको लागि, स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो रहनसहनको लागि, निरोगी वडा स्वस्थ वडाबासी बनाउनको लागि, मौलिक कला र संस्कृतिको संरक्षण गरी पर्यटनमा वृद्धि गर्नको लागि, संस्थागत सुदृढीकरण र संस्थागत विकास गर्नको लागि नेकपा एमालेको टीमलाई वडाबासीले मतदान गर्नेमा उम्मेदवारहरु विश्वस्त छन ।
स्थानिय तहको निर्वाचनका लागि पोखरा महानगरपालिका वडा नम्बर ४ काे अध्यक्ष पदका लागि मदन कुमार मुल्मी, सदस्य पदका उम्मेद्वारहरु सिमा कोइराला, अब्दुल हमिद, लक्ष्मी देवि पराजुली र उत्पिडित महिला सदस्य कमला सिके रहेका छन् ।

सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो