पोखरा। नेकपा एमाले पोखरा -१५ को घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम शनिबार आठौँ दिनमा प्रवेश गरेको छ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै बिहानैदेखि पाँच जना उम्मेदवारसहित कार्यकर्ताको टोली घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त हुन थालेका छन्।
टोलीले आज नयाँगाउँको तल्लो एरिया खरबारी, नागबेली मार्ग र जनशक्ति टोल लगायतका स्थानमा घरदैलो सम्पन्न गरेको छ। शनिबारको घरदैलो कार्यक्रमका लागि वडावासी नागरिक समेत स्वतस्फुर्त सहभागी भएका छन्।
घरदैलो तथा मतदाता भेटघाटका लागि पुगेको उम्मेदवारसहितको टोलीलाई स्थानीयले वडामा विकासको कामले गति लिन लागेको भन्दै अधुरो र अपुरो कामलाई छिट्टै पूर्णता दिन आग्रह गरे।

केहि मतदाताले त स्वार्थ मिसिएको गठबन्धनमा नेता र कार्यकर्तालाई भाग लगाउँदा र उनीहरुलाई मिलाएर लैजानै चुनौती रहेको भन्दै अबको विकास र स्थायित्व केवल नेकपा एमालेबाट मात्रै सम्भव रहेको प्रतिक्रिया दिए।

घरदैलोकै क्रममा केही युवाहरुले भने स्थानीय सरकारले आफूहरुलाई पनि समेटेर जान सोही अनुरुपको सीप र तालिमको व्यवस्था गर्नुपर्नेमा उम्मेदवारलाई सुझाव दिए। आजको घरदैलोमा युवाहरुले देखाएको चासो र जिज्ञासाले आफूलाई निकै नै उर्जा मिलेको खुल्ला सदस्य पदका युवा उम्मेदवार आशिष भण्डारीले बताए। उनले निर्वाचित भएको खण्डमा यो नेतृत्वलाई सम्झिरहने खालको युवा लक्षित उदाहरणिय कार्यहरु गर्ने अठोट लिए।

नेकपा एमाले वडा नं -१५ बाट वडा अध्यक्ष पदका लागि तोरण बहादुर बानियाँ, खुल्ला सदस्य आशिष भण्डारी, वलराम पौडेल, महिला सदस्य सेतीमाया गुरुङ र दलित महिला सदस्य पदका लागि मन्दिरा परियारले उम्मेदवारी दिएका छन्।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा