पोखरा। नेकपा एमाले पोखरा -१५ को घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम शनिबार आठौँ दिनमा प्रवेश गरेको छ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै बिहानैदेखि पाँच जना उम्मेदवारसहित कार्यकर्ताको टोली घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त हुन थालेका छन्।
टोलीले आज नयाँगाउँको तल्लो एरिया खरबारी, नागबेली मार्ग र जनशक्ति टोल लगायतका स्थानमा घरदैलो सम्पन्न गरेको छ। शनिबारको घरदैलो कार्यक्रमका लागि वडावासी नागरिक समेत स्वतस्फुर्त सहभागी भएका छन्।
घरदैलो तथा मतदाता भेटघाटका लागि पुगेको उम्मेदवारसहितको टोलीलाई स्थानीयले वडामा विकासको कामले गति लिन लागेको भन्दै अधुरो र अपुरो कामलाई छिट्टै पूर्णता दिन आग्रह गरे।

केहि मतदाताले त स्वार्थ मिसिएको गठबन्धनमा नेता र कार्यकर्तालाई भाग लगाउँदा र उनीहरुलाई मिलाएर लैजानै चुनौती रहेको भन्दै अबको विकास र स्थायित्व केवल नेकपा एमालेबाट मात्रै सम्भव रहेको प्रतिक्रिया दिए।

घरदैलोकै क्रममा केही युवाहरुले भने स्थानीय सरकारले आफूहरुलाई पनि समेटेर जान सोही अनुरुपको सीप र तालिमको व्यवस्था गर्नुपर्नेमा उम्मेदवारलाई सुझाव दिए। आजको घरदैलोमा युवाहरुले देखाएको चासो र जिज्ञासाले आफूलाई निकै नै उर्जा मिलेको खुल्ला सदस्य पदका युवा उम्मेदवार आशिष भण्डारीले बताए। उनले निर्वाचित भएको खण्डमा यो नेतृत्वलाई सम्झिरहने खालको युवा लक्षित उदाहरणिय कार्यहरु गर्ने अठोट लिए।

नेकपा एमाले वडा नं -१५ बाट वडा अध्यक्ष पदका लागि तोरण बहादुर बानियाँ, खुल्ला सदस्य आशिष भण्डारी, वलराम पौडेल, महिला सदस्य सेतीमाया गुरुङ र दलित महिला सदस्य पदका लागि मन्दिरा परियारले उम्मेदवारी दिएका छन्।
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते