पोखरा । एमाले पोखरा -१५ को घरदैलोमा रहेका टोलीलाई प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले भेट गरेकी छन्।
नवौं दिनदेखि जारी घरदैलो तथा मतदाता भेटघाटमा रहेका उम्मेदवार सहित कार्यकर्ताको टोलीलाई भेट्न भट्टराई बनक्याप्पस स्थित प्रतिभा मार्ग पुगेकी हुन्।
निकै छोटो समयको भेटघाटमा भट्टराईले उम्मेदवार सबैलाई जितको शुभकामना दिइन् भने टोलीमा सहभागीलाई धन्यवाद दिएर फर्किइन्।
युवाहरुको स्वतस्फुर्त सहभागिता

आसन्न निर्वाचनलाई लक्षित गर्दै शुरु गरेको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा वडावासी युवायुवतीको स्वतस्फुर्त सहभागिता बढ्न थालेको छ। वडाका पाँचै उम्मेदवार र समर्थकसहित आइतबार घरदैलोमा निस्किएको टोलीमा सहभागी युवायुवतीले आफ्ना उम्मेदवारका लागि खुलेर भोट मागे। उनीहरुले अहिलेको युवा नेतृत्व यसअघि पनि आफ्ना विभिन्न सामाजिक कामले परिचित भइसकेको भन्दै यो नेतृत्वबाट धेरै आश गरेको प्रतिक्रिया दिए।
गलेश्वर चोकबाट स्वतस्फुर्त घरदैलोमा सहभागिता जनाउन आएका संदेश केसीले पछिल्लो समय राजनीतिमा युवाहरुको आकर्षण बढ्नुमा सबैका लागि सुखद भएको प्रतिक्रिया दिए। उनको आशय थियो ‘नेतृत्व तहमा युवाहरु पुगे पो हामी युवाहरुमा पनि हौसला बढ्छ, देशमै केही गर्छु भन्ने जाँगर चल्छ।’ उनका छिमेकी युवा उम्मेदवार आशिष भण्डारी खुल्ला सदस्य पदका लागि अहिले चुनावी मैदानमा छन्।

यस्तै पोखरा अमिनतारा निवासी सारा गुरुङ भर्खर १२ कक्षामा पढ्दैछिन्। घरदैलोका क्रममा भेटिएकी उनले आफ्ना उम्मेदवारहरुका लागि स्वतस्फुर्त भोट माग्न आएको बताइन्। उनले आफू राजनीति बुझ्ने भइनसकेपनि अहिलेका युवा नेतृत्व देखेरै समर्थनका लागि आएको बताइन्। उनले आगामी चुनावमा पहिलोपटक मतदान गर्ने पनि बताइन्।
यता, केहिदिन देखि घरदैलोमै व्यस्त किरण गुरुङ प्रतिभा मार्ग निवासी हुन्। विकास र परिवर्तनका लागि राजनीतिमा पनि अब पुस्ता हस्तान्तरण हुनुपर्छ भन्ने मान्यता राख्ने उनी उम्मेदवारसँगै वडावासीलाई मतदाता शिक्षामा जोड दिइरहेकी छन्। विभिन्न संघ संस्थामा समेत अवद्ध उनले निर्वाचित भएपश्चात युवाहरुको लागि कार्य योजना बनाएरै अगाडि बढ्न उम्मेदवारहरु लाई सुझाव पनि दिएको बताइन्।

नवौँ दिनदेखि जारी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा पछिल्ला दिनमा युवाहरुको स्वतस्फुर्त सहभागिता देखेर अझ उत्साहित भएको अध्यक्ष पदका प्रत्यासी तोरण बानियाँले बताए। लामो समयदेखिको निरन्तरको खटाईले थकानको महशुस भएपनि घरदैलोमा युवा भाई बहिनीहरुको सक्रियता देख्दा थकान हराउनुका साथै आफूहरु जीत नजिक रहेको प्रतिक्रिया दिए।
उनले अहिलेसम्म झन्डै ७५ प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिए।
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते