किरण श्रेष्ठ, तनहुँ । तनहुँको सदरमुकाम दमौली बजार नजिक ब्यास नगरपालिका वडा नं. ४ बस्ने बर्ष ४४ की जुलेखा मिया र उनको नाबालिका छोरी घरमा नै बसिरहेको अबस्थामा दुइ अज्ञात युवाले आक्रमण गरेका छन् ।
उक्त घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी परिचालन गरी उक्त अज्ञात आक्रमणकारिहरुलाई खोजतलास गर्दा घटनामा संलग्न रही फरार रहेका रुकुम भुमी गाउँपालिका वडा नं.१ स्थायी घर भएर हाल काठमाण्डौ थानकोट बस्ने बर्ष १७ को उज्जल सुनारलाई अमरापुरी दमौलीबाट र ब्यास नगरपालिका वडा नं. ४ स्थायी घर भएर हाल काठमाण्डौ थानकोट बस्ने बर्ष २१ को सुदिप अधिकारीलाई तालघरेबाट धारिलो हतियार दाउ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त घटना अरु कसैले नभई आफ्नै श्रीमानले गर्न लगाएको जुलेखालाई पछी थाहा भयो । उक्त घटना सम्बन्धमा बुझ्ने क्रममा जुलेखा मियाको श्रीमान पाकिस्तानी नागरिक बर्ष ६९ का अमानतुल्ल खानसंग बिबाह भएपछी उनले जुलेखालाई पाकिस्तान जानु पर्छ नगए जे पनि गर्न सक्छु भनि धम्काउदै आएका थिए ।
आक्रमणकारी लाई जुलेखाको श्रीमान पाकिस्तानी नागरिक खानले नगद २० हजार दिई जुलेखालाई धारिलो हतियार हान्नको लागि पठाएको र काम सम्मन्न भएपछी थप रकम दिन्छु भनि भनेको भन्ने पक्राउमा परेका ब्यक्तिहरुको प्रारम्भिक बयानबाट खुल्न आएको छ ।
गत बुधबार दिउसो १ बजे ब्यास नगरपालिका वडा नं. ४ बस्ने बर्ष ४४ की जुलेखा मिया र निजको नाबालिका छोरी घरमा नै बसिरहेको अबस्थामा अज्ञात दुई जना ब्यक्तिहरुले धारिलो हतियार दाउ हातमा लिएर घर भित्र पसी आक्रमण गरेका थिए । उक्त समयमा जुलेखाले हार गुहार गरेपछी उनिहरु भागेकाले ज्यान बाच्न सफल भएको जुलेखाले बताइन । उनिहरु बिरुद्द पिडित जुलेखा मियाबाट ज्यान मार्ने उद्योम मुद्दामा किटानी जाहेरी दरखास्त लिई जिल्ला अदालत तनहुँ बाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ ।
जबरजस्ती करणी उद्योग मुद्दा दर्ता
तनहुँको घिरिङ गाउपालिका वडा नं. ४ गड्यौलीटर बस्ने बर्ष २३ को शक्ती थापाले गत शनिबार बर्ष ३९ की स्थानिय महिलालाई जबरजस्ती करणीको प्रयास गरेको भनि पिडित महिलाले थापा बिरुद्द दिएको जाहेरी दरखास्त दर्ता भई अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’