पोखरा महानगरपालिका वडा नम्बर ८ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार रुद्रनाथ बराल प्यानल सहित विजयी भएका छन् । बराल यस अगाडि पनि सोही वडाको वडाध्यक्ष थिए । उनले २ हजार एक सय ४० मत प्राप्त गरे । बरालको निकटतम प्रतिद्वन्द्वी रहेकी नेपाली कांग्रेसकी शारदा गिरीले १ हजार ५ सय २५ मत मात्र प्राप्त गरिन् ।
बराल र गिरी दुबै २०७४ को निर्वाचनमा पनि वडाध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए, त्यस बेला पनि बरालले गिरीलाई पराजित गरेका थिए ।वडाबाट नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापालाई १ हजार ६३९ मत र उपमेयरका उम्मेदवार मन्जुदेवी गुरुङलाई १ हजार ९ सय ७५ मत परेको छ ।
त्यस वडामा वडाध्यक्षका उम्मेदवार बराललाई भने मेयर थापाको भन्दा ५०१ मत बढ़ी तथा उपमेयर गुरुङको भन्दा १ सय ५६ मत बढ़ी परेको छ । यसरी हेर्दा वडाध्यक्ष बराललाई एमाले समर्थित कार्यकर्ता भन्दा बाहिरबाट समेत मत आएको देखिन्छ । त्यस वडामा नेपाली कांग्रेसका धेरै नेताहरु समेत रहेकोले काँग्रेस उम्मेदवार गिरीको पराजयले विभिन्न प्रश्नहरु उब्जिएको बताईन्छ ।
खुल्ला सदस्यमा गोविन्द बराल र हिराकाजी श्रेष्ठ, महिला सदस्यमा पवित्रा पौडेल र दलित महिला सदस्यमा लक्ष्मी विक विजयी भएका छन् । उनीहरु सबै नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका हुन् ।

सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै