पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले यस वर्षको लागि विभिन्न विधामा बाँडफाँड तथा वार्षिक कार्ययोजना प्रस्तुत गरेको छ ।
विद्यालयका प्रिन्सिपल विश्वगोपाल पराजुलीको अध्यक्षतामा बसेको बैठकले कार्यरत शिक्षकहरुलाई विभिन्न विधागत जिम्मेवारी प्रदान गरेको हो ।
विद्यालय प्रशासकको रुपमा रामबन्धु पोखरेल, अंग्रेजी विभाग तथा अतिरिक्त क्रियाकलाप प्रमुखमा प्रकाश अधिकारी, गणित विभागका विभागीय प्रमुखमा विद्यालयका सहप्राचार्य विश्वमोहन पौडेल चयन गरिएको छ ।
यसैगरी, सामाजिक बिषयका विभागीय प्रमुख माविद्यालयका सहप्राचार्य प्रदीप खनाल, विज्ञान विषयका विभागीय प्रमुखमा हरि केसी, नेपाली विभागका विभागीय प्रमुखमा विष्णुप्रसाद पौडेल, खेलकुद प्रमुखमा लीलबहादुर गुरुङ, कक्षा नर्सरीदेखि कक्षा तीनसम्मको ग्रेड सेसनको प्रमुखमा पद्मा पराजुली, सदस्यहरुमा भगवती सुवेदी र निर्मलाश्रेष्ठ, त्यसैगरी कक्षाचार देखि कक्षा छ सम्मको प्रमुखमा बिमला प्रधानलाई चयन गरेको छ ।
उक्त कार्यक्रममा विषय प्रमुखको रोहवरमा बार्षिक पाठयोजना समेत बनाइएको थियो भने विद्यालयका सहप्राचार्य विश्वमोहन पौडेलले विद्यालयको यस वर्षको वार्षिक कार्ययोजना समेत प्रस्तुत गरेका थिए। विद्यालयमा नयाँ शिक्षकशिक्षिकालाई स्वागत पनि गरिएको थियो ।

सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो