पोखरा । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध प्रदर्शन गरेको छ । राप्रपाले देशभरका जिल्ला प्रशासन कार्यालय र मूख्य मन्त्री कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयसमक्ष ज्ञापन पत्र बुझाउँदै विरोध जनाएको हो ।
कास्कीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाउँदै मूल्यवृद्धिको विरोध जनाएको छ । उसले अत्यावश्यक पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धि तत्काल हटाउनुपर्ने माग राखेको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीमा राप्रपाका जिल्ला अध्यक्ष नारायण गुरुङको नेतृत्वमा पुगेको टोलीले ज्ञापनपत्र बुझाउँदै सरकारले मुल्यवृद्धि समायोजन नगरे चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
‘देश यसैपनि चरम आर्थिक संकट तर्फ उन्मुख भएको बेलामा जनताको ढाड सेक्नेगरि सरकारले नै मूल्यवृद्धि गर्नु कदाचित राम्रो काम होइन’, अध्यक्ष गुरुङले भने, ‘हामीले तत्काल मूल्यवृद्धि रोक्नका लागि अपील गरेका हौँ । हाम्रो यो शान्तिपुर्ण दबावलाई सरकारले तत्काल सम्बोधन गरोस् भन्ने हामी चाहन्छौँ ।’
पार्टीले जनताको जीवनस्तर सहज बनाउनका लागि सरकारलाई दबाव दिने र मुल्यवृद्धि फिर्ता गर्न बाध्य बनाउन लागिरहने राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए । सरकारले सही समयमा माग सम्बोधनको प्रयास नगरेमा आन्दोलनले अर्को रुप लिने उनले बताए ।
बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाउने कार्यक्रममा पार्टीका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ, महासचिव बरुण विक्रम राणा, पोखरा महानगरका मेयर उम्मेदवार शंकर खराल, उपमेयर उम्मदेवार रञ्जना सेन पौडेल लगाएतको उपस्थिती रहेको थियो ।
राप्रपा कास्कीले मंगलबार मात्रै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै पोखरामा राँके जुलुस समेत निकालेको थियो । राँके जुलुस अमरसिंहचोकमा गरिएको प्रवक्ता गिरीले जानकारी दिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो