पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ का नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । बिहीबार वडाध्यक्ष हिमबहादुर गुरुङ र सदस्यहरुले पदभार ग्रहण गरका हुन् । पदभार ग्रहणपछि तीन वटा निर्णय गरिएको छ ।
जनप्रतिनिधि भएबापत प्राप्त हुने तलबको केही प्रतिशत पाँचै जनाले वडाको विपत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । त्यस्तै गाउँमा जडीबुटी खेतीलाई प्रोत्साहन गरिने भएको छ । ‘वडाभित्रका बाँझो जमिन खाली नराखी ठाउँअनुसारको कृषि जडिबुटी उत्पादन गर्ने,’ दोस्रो निर्णयमा भनिएको छ ।
वडाका सबै घरमा धारा पुर्याउने योजना जनप्रतिनिधिको छ । ९ सय हाराहारी घरधुरी रहेको अन्नपूर्ण, ११ का ६० प्रतिशत घरमा खानेपानी पुगेको छ । गाउँपालिका, संघ र प्रदेश सरकारसँग समन्वय गरेर खानेपानी समस्या समाधान गर्ने र घरघरमा पानी पुर्याएर छोड्ने नवनिर्वाचित अध्यक्ष हिमबहादुरले प्रतिबद्धता जनाए ।
गत ३० वैशाखको चुनावबाट वडाध्यक्षमा हिमबहादुरसहित एमालेको प्यानलै विजयी भएको थियो । खुला सदस्यमा जगन गुरुङ, राम गुरुङ, महिला सदस्यमा राधा गुरुङ र दलित महिला सदस्यमा आसमाया विक निर्वाचित भएका थिए।
हिमबहादुर दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्वाचित भएका हुन् । उनको नेतृत्वमा यसपटक नयाँ वडा सदस्य आएपछि २०७४ सालमा निर्वाचितलाई बिहीबार बिदाइ गरिएको छ । अघिल्लो चुनावबाट सदस्यमा रुद्रबहादुर क्षेत्री र इन्द्रमणी जैसी, महिला सदस्यमा जगनमाया गुरुङ र दलित महिला सदस्यमा प्रमिला विक विजयी भएका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु