पोखराका उद्यमी महिलाहरुको सामाजिक संस्था ‘जोन्टा क्लव अफ पोखरा’ को दोस्रो साधारणसभाले अध्यक्षमा मोनिका थापालाई चयन गरेको छ।
क्लबको दोश्रो साधारणसभा तथा पहिलो अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेकाे हाे । नवनिर्वाचित अध्यक्ष थापा मन्टेश्वरी किण्डरहाेम पाेखराकी डाइरेक्टर हुन् । क्लबकाे निवर्तमान अध्यक्ष लीना श्रेष्ठ गोशली हुन् । क्लबकाे उपाध्यक्षमा रोजिना रञ्जित बिजुक्छे, सचिवमा निलिशा केसी र सल्लाहकारमा अञ्जना तझ्यालाई चयन गरेको छ।
यस्तै, क्लबको एडभोकेसी डाइरेक्टरमा श्रीविद्या कायस्थ, सर्भिस डाईरेक्टरमा अश्विन कार्की, शिक्षा निर्देशकमा स्वेता पिया मल्ल, लिडरशिप एण्ड स्किल डाइरेक्टरमा सृजना कार्की भट्टराई, जोन्टा एण्ड गोल्डेन जोन्टा डाइरेक्टरमा प्रेरणा सेढाईं भट्टराई, अवार्ड एण्ड स्कलरशिप डाइरेक्टरमा नम्रता दाहाल, यूएन कमिटी डाइरेक्टरमा सविता श्रेष्ठ र पव्लिक रिलेसन एण्ड कम्युनिकेसन डाइरेक्टरमा कल्पना भट्टराई कार्की चयन भएका छन् ।
जोन्टा ईन्टरनेसनलसंग आवद्ध जोन्टा क्लव अफ पोखरा २०१९ मा स्थापना भएको क्लब हो । व्यवसायिक महिलाहरु मात्र सदस्य हुने यस क्लबमा हाल २७ जना सदस्य रहेका छन् ।
क्लबले विशेषगरी महिला सशक्तिकरण, महिला माथि हुने हिंसा र विभेद विरुद्ध सचेतना कार्यक्रम, महिलामा हुने मासिक रजस्वला विरुद्ध हुने हिंसा, यातना सम्बन्धित सचेतना कार्यक्रम गर्दै आएको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै