मुस्ताङ जिल्लाको थुसाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भीरमा १४ हजार ५०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा सवार सबैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जहाजमा सवार २२ मध्ये १४ जनाको शव भेटिएको छ। अन्यको खोजी भइरहेको उद्धारमा सहभागी सुरक्षाकर्मीले बताएका छन्। शव भेटिएकामध्ये केही चिनिने अवस्था र केही भने क्षतविक्षत अवस्थामा भेटिएको बताइएको छ।
प्रहरी निरीक्षक राजकुमार तामाङले अधिकांशको शव क्षतविक्षत अवस्थामा घटनास्थलमा फेला परेको जानकारी दिए । नेपाली सेनाको टोलीसँगै दुर्घटनास्थलमा पुगेका तामाङले केही शवहरु मात्र चिनिने अवस्थामा रहेको बताए ।
तारा एयरको सो विमान हिजो ९ः५५ बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको थियो । उडेको १२ मिनेटमै सम्पर्कविहीन भएको थियो । हिजो दिनभर खोजी गरिए पनि प्रतिकूल मौसमका कारण फेला परेको थिएन । तर, आज विहान स्थानीयवासीहरुको टोलीले विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको थियो ।
सम्बन्धित समाचारः
हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो
विमानका क्याप्टेन प्रभाकरः जो हिमाली उडानमा अनुभवी, परिपक्व र प्रशिक्षक पनि हुन्
विमानका को–पाइलट २५ वर्षीय उत्सव रुकुम चौरजहारी क्षेत्रकै पहिलो पाइलट
जहाजमा अर्का पाइलट बसन्त लामा पनि सवार थिए
पोखराबाट मुस्ताङतर्फ उड्यो सेनाको हेलिकोप्टर
ब्रेकिङ न्यूजः मुस्ताङमा जहाज दुर्घटना भएको पुष्टि
पाेखरा–जाेमसाेम बेपत्ता जहाज अपडेटः को को थिए जहाजमा ? (नामावली)
सम्बन्धित खबर
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग