पाेखरा । वरिष्ठ क्याप्टेन प्रभाकर घिमिरे र कोपाइलट उत्सव पोखरेलले चलाएको विमानमा एअर होस्टेस थिइन् स्याङ्जाको चापाकोटकी किस्मी उर्फ मनिषा थापा ।
आइतबार मुस्ताङमा भएको तारा एयरको ट्विनअटर जहाज दुर्घटनाले किस्मीकी आमा विष्णुदेवीका सबै खुसीहरू खोसिदिएको छ । २६ वर्षीया किस्मीले काठमाडौंमा बसेर हवाई करिअर अघि बढाइरहेकी थिइन् । पाँच वर्षदेखि उनी तारा एयरमा कार्यरत थिइन् । दुई भाइको पढाइ खर्च धानेकी किस्मी एकल महिला विष्णुदेवीका लागि दाहिने हात थिइन् । मामाका छोरी र उनका भाइलाई पोखरा राखेर पढाएकी थिइन् भने अर्का भाइलाई काठमाडौंमा विज्ञान पढाएकी थिइन्। आज सबैको सहारा गुमेको छ ।
छोरी उडेको जहाज सम्पर्कविहीन भएको खबर पाउने वित्तिकै रुँदै विष्णुदेवी पोखरा आइपुगिन् । तर, सोमबार बिहान जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएपछि तारा एयरले परिवारलाई शिक्षण अस्पताल काठमाडौं बोलाएको छ ।
किस्मीकी आमा दलित समुदायकी हुन् भने बुबा थापा मगर हुन् । छोरीलाई आजको किस्मी बनाउन आमा विष्णुदेवीको दुःख र संघर्षका कथा कम छैन । बुवा त आमादेखि पराई थिए । बुवाले आमालाई घरबाट निकालिदिए। किस्मीलाई बोकेर आमा नजिकै रहेको माइत गइन्। माइतीमै कृष्मी हुर्किन्, पढिन्। नागरिकता पनि उनको मुस्किलले बनेको थियो । मामाघर बसेर हुर्केकी किस्मीका लागि आमा र हजुरआमाको खुसीभन्दा माथि केही थिएन।
साथीहरूमाझ सधैँ हँसिली र फुर्तिली किस्मीले आफ्नो जीवनमा भने धेरै दुःख र संघर्ष गरेकी थिइन्। कक्षा १० सम्म गाउँमै पढेकी किस्मीले प्लस टु स्याङ्जाको वालिङमा पढिन्। त्यसपछि एयर होस्टेस बन्न पोखरा आइन्। पोखरास्थित एयरलायन्स फ्लाइट अटेन्डेन्ट एकेडेमीमा नाम निकालेर उनी २०१५ मा भर्ना भइन्। ६ महिना लामो एयर होस्टेस कोर्स पूरा गरेपछि किस्मीले केही महिना पोखराकै एभिया क्लबमा काम गरिन्।
लगत्तै यति एयरलाइन्सले एयर होस्टेसका लागि विज्ञापन निकाल्यो। उनी पास भइन्। यति एयरलाइन्सले उनलाई तारा एयरमा पठाइदियो। विगत ५ वर्षदेखि उनी तारा एयरमा एयर होस्टेसका रूपमा काम गरेकी थिइन्।
सम्बन्धित समाचारः
अर्का क्याप्टेन वसन्त लामाः जाे दाेस्राे दुर्घटनामा बचेनन्, आफैले हस्तान्तरण गरेको प्लेनसँगै अस्ताए
विमानका क्याप्टेन प्रभाकरः जो हिमाली उडानमा अनुभवी, परिपक्व र प्रशिक्षक पनि हुन्
विमानका को–पाइलट २५ वर्षीय उत्सव रुकुम चौरजहारी क्षेत्रकै पहिलो पाइलट
मुक्तिनाथ दर्शन गराउन आमाबुवा, काकाकाकी र मामामाइजुलाई लैजाँदै थिए राजन
‘डिभोर्स फायल’ गरेर नेपाल घुम्न आए, छाेराछाेरीसहित दुर्घटनामा परे
अमेरिकाबाट आएका दिदीबहिनी बुबाआमासहित मुक्तिनाथ जाँदा परे दुर्घटनामा, फर्किँदैछन् छोरा
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’