किरण श्रष्ठ, तनहुँ । तनहुँ को व्यास नगरपालिका वडा नम्बर १२ देउरालीमा शनिबार साझ भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।
शनिबार साझ भएको दुर्घटनामा गम्भीर घाइते अर्का एकको आज आइतबार पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते २ जनाको शनिबार राति नै दमौली अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा परि गम्भिर घाइते अर्का एकको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पोखराबाट काँकडभित्ता तर्फ जाँदै गरेको ना ५ ख ३०८२ नम्बरको यात्रुवाहक रात्रिबस र डुम्रे बाट दमौली तर्फ आउँदै गरेको ना ५५ प १५९४ नम्बरको मोटरसाइकल पृथ्वीराजमार्ग स्थित देउरालीमा एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि शनिबार राति पर्सा सेरवा गाउँपालिका–३ का २० वर्षीय राजा राय र सोही ठाउँका २१ वर्षीय धिरज चौधरीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आइतबार पोखरामा उपचारका क्रममा मृत्यु हुनेमा पर्सा सेरवा गाउपालिका-३ हरैया बस्ने वर्ष २२ का संजय चौधरी रहेका छन् । त्यस्तै घाइते पर्सागढी नगरपालिका-९ बनेखाका भोला चौधरीको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

भोला चौधरी तनहुँको डुम्रे स्थित एक हार्डवेयर पसलमा काम गर्ने र उनै भोलाले आफ्ना साथीहरु लाइ डुम्रे बोलाएको र शनिबार घुम्नको लागि एउटै मोटरसाइकलमा ४ जना सवार हुदा उक्त घटना घटेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शनिबार साझ ७ बजेको समयमा मोटरसाइकल र बस एक आपसमा ठोक्किदा सो दुर्घटना भएको हो । बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’