पोखरा । पोखरा महानगर पालिका वडा नं– ६ का नवं निर्वाचित वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले नेपाल सरकारबाट पाउने सेवा सुविधा आफुले अबको पाँच बर्ष सम्म नलिने बताएका छन्।
पोखरा महानगर पालिका वडा नं– ६ बैदामका अन्नपूर्ण आमा समूह र बगैचा टोल विकास संस्थाले शुक्रबार आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको कार्यक्रममा अध्यक्ष भट्टराईले उक्त कुरा बताए हुन्। “हामीलाई जनताले पाँच बर्षका लागि आफ्नो क्षेत्रको विकास निर्माण सहित वडाबासीको सेवा गर्न पठाएको स्मरण गर्दै अबको पाँच बर्ष सम्म नेपाल सरकारबाट पाउने जे जति सेवा सुविधा छन्, सवै वडामा रहेको सामाजिक संघ संस्थालाई प्रदान गर्ने छु” उनले भने।
भट्टराईले “हिजो हामी जुन राजनिति पार्टीबाट प्रतिनिधित्व गरे पनि अबका दिनमा हामीहरु सबैका साझा ब्यक्ति भएको बताउदै राजनैतिक नजर बाट नहेर्ने” आग्रह गरे। बैदाम क्षेत्र नेपालकै पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रलाई पर्यटन मैत्रि बनाउनेमा आफु लागि पर्ने कुरामा जोड दिए। नेपाल सरकारको ट्रष्टको स्वमित्वमा रहेको रत्न मन्दिरलाई पोखरा महानगरपालिकाको स्वामित्वमा ल्याउन आफुले पहल गर्ने बताउदै, लेकसाइडमा रहेका अधुरा अपुरा कामहरुलाई अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरे। अबको पाँच बर्ष भित्र बैदाम क्षेत्रमा सुविधा सम्पन्न सार्वजनिक शौचालय बनाउने र वडाबाट दिने सेवा सुबिधा लाई छिटो छरितो र पारदर्शी बनाउने योजना रहेको सुनाए।
वडा सदस्यहरु बासु बराल र शोभा जलारीले जनताले दिएको मतको सम्मान गर्दै, आफुहरुले बैदामबासीको जनभावना अनुरुप नै काम गर्ने प्रतिबद्धता जनाए।
बगैंचा टोलविकास संस्थाका अध्यक्ष मिना ढकालको सभा अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण आमा समुहकी अध्यक्ष रेणु थापा लामिछाने, उपाअध्यक्ष गोमा पगेनी, समुहका सल्लाहकार बलराम गिरी, सल्लाहकार भिमसेन भुजेल र नि.बर्तमान अध्यक्ष शान्ति रेग्मी तथा बगैंचा टोलविकास संस्थाका सल्लाहकार प्रेमनारायण अधिकारीलगायतका बक्ताहरुले वडा नं. ६ लाई पोखरा महानगरपालिका कै नमुना वडा बनाउन आग्र्रह गर्दे, नव निर्वाचित जनप्रतिनिहरुलाई बैदामबासीहरुको भावनालाई बुझेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिए।
स्थानिय निकायको निर्वाचन २०७९ मा अध्यक्षमा विष्णु बहादुर भट्टराई, खुल्ला सदस्यमा बासु बराल, दिपेन्द्र पहारी महिला सदस्यमा पबित्रा थापा र दलित महिला सदस्यमा शोभा जलारी निर्वाचित भएका थिए। कार्यक्रममा संस्थालाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु