तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भाँसिएकाे ठाउँबाट कार खस्दा १ जनाकाे मृत्यु भएकाे छ ।
शुक्रबार बिहान ३ बजे उक्त कार दुर्घटनामा परेको हाे । उक्त स्थानमा त्यसअघि नै सडक भासिएको थियाे । लामाे समयकाे जामपछि रातकाे समयमा तीव्र गतिमा गुडाएका कार चालकले बाटाेकाे अवस्था थाहा नपाउँदा भासिएकाे ठाउँबाट एक्कासी खस्न पुगेकाे अनुमान गरिएकाे छ ।
कारका कति जना सवार थिए थाहा नभएको र घटनास्थलमा एक शव भेटिएको प्रहरीले जनाएकाे छ । कार पहिरोले पुरिएको छ । मृत्यु भएकाको परिचय खुल्न सकेको छैन । मर्स्याङ्दी नदीको खोंचमा कार खसेको देखिएपछि उद्धारको लागि गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

मर्स्याङ्दी जलविद्यतु आयोजना नजिक सडक भासिएको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का सदस्य मनोजकुमार श्रेष्ठले बताए । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण सडक भासिएको हो । सडक भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावत सम्भव नभएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
खड्काका अनुसार करिब २० मिटर सडक भासिएको छ । तत्काल मर्मत गर्ने अवस्था पनि नभएकाले जताबाट आएको त्यतैतर्फ सवारी साधन फर्काइएको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु