पोखरा। आँधिखोला तमु समाज पोखरा -१५ ले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ। समाजले आफ्नै भवनमा शनिबार उपमेयरसहित वडाका जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले आँधिखोला तमु समाजसँग आफ्नो भावनात्मक निकटता रहेको बताइन्। उनले २०७४ सालको निर्वाचनको चुनावी प्रचारप्रसारको कार्यक्रम यही समाजबाट शुरु गरी सफलता प्राप्त गरेको भन्दै यसपटक पनि वडा नं -१५ का जनप्रतिनिधि सहित आफूलाई पुनः निर्वाचित गराउन सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गरिन्।
उपमेयर गुरुङले बसाईसराईको क्रममा देशको जुनसुकै स्थानमा तमुहरु बसोबास गरेको भएपनि आफ्नो धर्म संस्कार संकृति र रहनसहनलाई उजागर गर्दै संरक्षण गर्नु र समाजमा रमाईलो गरी बस्नु तमुहरुको विशेषता भएको बताइन्। उनले तमुहरुले सरकारी कामकाजको विषयमा झिजो मान्ने र प्रक्रितागत कागजमा अल्छी मान्ने बरु आफै पैसा संकलन गरेर काम गरौँ भन्ने मनस्थितिले महानगरले दिँदै आएको आयमुलक कार्यक्रमहरुमा जोडिन नचाहेको भन्दै दुखेसो पोखिन्। उनले संघ र प्रदेशबाट विभिन्न समयमा सीपमुलक, कृषि र युवाका लागि तालिमहरु आइरहने भन्दै वडाका जनप्रतिनिधि तथा आफैलाई भेटेर जानकारी लिएर लाभान्वित हुन उपस्थित सबैलाई आग्रह गरिन्।
उनले अब समानुपातिक विकासमा जानु पर्ने भन्दै महिलाहरुलाई सशक्तिकरण गर्दै अगाडि लैजाने बताइन्। जनताले अमूल्य मत दिएर जनप्रतिनिधि बनाएको भन्दै अब आफूहरु जनप्रतिनिधि नभएर सेवक भएको उनले प्रतिक्रिया दिइन्।

यस्तै, पोखरा -१५ का नव निर्वाचित वडा अध्यक्ष तोरण बहादुर बानियाँले पूर्वाधारको विकासले मात्र मानविय विकास नहुने भन्दै महिला उधमशिलता, युवा स्वरोजगार, शिक्षा, खेलकुद र कृषिलाई पनि सँगसँगै लिएर अगाडि बढे मात्र मानविय विकास हुनुको साथै समाज पनि अगाडि बढ्नेमा जोड दिए। उनले वडा नं -१५ को अहिलेको बजेटमा ६० प्रतिशत पूर्वाधार र ४० प्रतिशत अन्य मानविय विकासका लागि छुट्याइएको जानकारी दिए। अबका योजनाहरु जनप्रतिनिधिको प्रयासले मात्र सम्पन्न हुन नसक्ने भन्दै सबैले आत्मसात गरेर हातेमालो गर्दै अगाडि बढ्न अध्यक्ष बानियाँले आग्रह गरे।
कार्यक्रममा आँधिखोला तमु समाजका संस्थापक तथा पोखरा -१५ का निवर्तमान सदस्य रुक बहादुर गुरुङले जनप्रतिनिधिहरुलाई आफ्नो समाजमा स्वागत तथा सम्मान गर्न पाउँदा खुशी लागेको बताए। लिल बहादुर गुरुङको अध्यक्षतामा भएको उक्त स्वागत तथा सम्मान कार्यक्रममा समाजका उपाध्यक्ष शंकर गुरुङ र सचिव मेलिना गुरुङले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रमको संचालन खिम गुरुङले गरेका थिए।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा