सुन्दर कुमार थकाली, मुस्ताङ । गणतन्त्र मुल समारोह समिति मुस्ताङले सोमबार कारागारका कैदी,बन्दी र अस्पतालका बिरामीलाई फलफुल बितरण गरेको छ । सिडियो शिशिर पौडेलको नेतृत्वमा अस्पताल र कारागारमा पुगेको टोलीले फलफुल बितरण गरेका हुन् ।
३ दिने गणतन्त्र दिवस मनाउने कार्यतालिका अनुसार दिवसको अघिल्लो दिन केदीबन्दी र बिरामीलाई सिडियो पौडेल र जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले जिल्ला स्वास्थ्य कार्यालय जोमसोम अस्पतालका बिरामीलाइ सयुक्त रुपमा फलफुल बितरण गरेका हुन् । त्यस्तै, टोलीले जिल्ला कारागारमा पनि पुगेर कैदीबन्दीलाई फलफुल बितरण गरे ।
संघिय लोकतान्त्रिक गणतन्त्र दिवसको पुर्वसंन्ध्यामा फलफुल बितरण गरिएको कारागार र अस्पतालका कैदी बन्दी र बिरामीलाई सुझाए । सो अवसरमा सरकारी निकायका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, राष्ट्रिय जिल्ला अनुसन्धान प्रमुख, विभिन्न राजनितिक पार्टीका प्रतिनिधि र पत्रकारहरुको उपस्थिती रहेको थियो ।
मुस्ताङमा गणतन्त्र दिवस भब्य र सभ्य रुपमा मनाउन जिसस प्रमुख गुरुङ संयोजकत्वमा ५३ सदस्य मुल समारोह समिति गठन भएको छ । समितिले भोली मंगलबार र बुधवार विविध कार्यक्रम गरेर गणतन्त्र दिवस मनाउने भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
सम्बन्धित खबर
लोमान्थाङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट बरामद, तीन जना पक्राउ
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु