पोखरा । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्कीको अध्यक्षमा विष्णु कार्की सर्वसम्मत निर्वाचित भएकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी निकट संगठनको शनिबार पोखरामा भएको अधिवेशनले कार्कीलाई सर्वसम्मत अध्यक्ष चुनेको हो।
संगठनको उपाध्यक्षमा सिता जिसी, सविरा खातुन, सरला पौडेल, सुष्मा त्रिपाठी र चन्द्रा गुरुङ निर्वाचित भएका छन्। यस्तै, सचिवमा सुमिता श्रेष्ठ, प्रनिषा पौडेल र उषा माता निर्वाचित भएका छन् भने संगठनको प्रवक्तामा कमला भण्डारी चापागाई चयन भएकी छन् ।
अधिवेसनले संगठनको कोषाध्यक्षमा विष्णुकुमारी गुरुङ, सहकोषाध्यक्षमा दुर्गादेवी राना र कुमारी हमाललाई चयन गरेको छ । सदस्यहरुमा निर्मला बास्तोला, पुष्पा मल्ल ठकुरी, शान्ति भट्टराई सुवेदी, सुकमाया सार्की, गीता लामिछाने, भवानी जलारी, माता भण्डारी, जमुना भण्डारी, मनमाया थापा, गंगा सुनार र सीता विश्वकर्मा रहेकी छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीका अध्यक्ष पञ्चराम गुरुङको प्रमुख आतिथ्यतामा भएको जिल्ला अधिवेसनमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका केन्द्रिय अध्यक्ष अञ्जना शाह रावल, पार्टीका जिल्ला अध्यक्ष नारायण गुरुङ लगायतका नेताहरुको उपस्थिति रहेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।
संगठनको अध्यक्ष निर्वाचित भएपछि कार्कीले कास्कीका सबै स्थानीय तह र वडा तहस्तरमा संगठनलाई विस्तार गर्ने बताएकी छन् । यसअघि संगठनका सचिव र पार्टीका प्रदेश सदस्य रहेकी कार्कीले पार्टीको विधान र उदेश्य अनुरुप तनमन लगाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
कार्यक्रमका प्रमुख अतिथी पार्टी गण्डकीका अध्यक्ष गुरुङले नवनिर्वाचित राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको जिल्ला कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए । राप्रपालाई अघि बढाउन महिलाको उल्लेख्य योगदान रहेको उनले बताए । संगठनका केन्द्रय अध्यक्ष रावलले आगामी तीन महिनाभित्र संगठनको केन्द्रिय अधिवेसन सम्पन्न गर्ने बताइन् ।
राप्रपा कास्कीका अध्यक्ष गुरुङले कास्कीका महिलालाई संगठनमा आवद्ध गराउन आह्वान गरे । राष्ट्रवादी शक्तिलाई एकजुट बनाउन आवश्यक भएको भन्दै उनले महिला संगठनको भूमिका महत्वपूर्ण रहने बताए ।
सम्बन्धित खबर
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै