पोखरा । युआरएलले पोखरा ३० को शिशुवाबाट सेवा आरम्भ गरेको छ। यसअघि युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय, बाटुलेचौर हस्पिटलचोकको शाखाबाट सेवा दिइरहेको छ।
पोखरा ३० को शिशुवा अस्पतालमा नभएका जाँच र वरिपारीका सेवाग्राहीलाई मध्यनजर गरी सेवा आरम्भ गरिएको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए। सेवा सुरुआतको अवसरमा शनिबार युआरएल शिशुवा परिसरमा निशुल्क शिविर आयोजना गरिएको छ।
अध्यक्ष पन्तले प्रदेशकै पहिलो र लोकप्रिय ल्याब भएकाले आफूहरु प्रदेशलाई रगत जाँचमा आत्मनिर्भर बनाउने गरी लागेको उल्लेख गरे। शिविरमा मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी रक्त जाँच सित्तैमा गरिएको छ।
कार्यक्रममा काठमाडौं टिचिङ अस्पतालका मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा नरेश पराजुलीले टिजी र मधुमेहका कारण, निदान र अपनाउनुपर्ने सावधानीबारे प्रकाश पारे। उनले मधुमेह, टिजी जस्ता नसर्ने रोगका लक्षण सुरुमा नदेखिने, कहिलेकाही अन्तिम अवस्थाबारे पुगेपछिमात्र देखिने भएकाले बेला बेलामा स्वास्थ्य जाँच गरी रोग लाग्नै नदिन आग्रह गरे।
शिविरमा ३ सय ८ जनाको सित्तैमा रगत जाँच गरिएको छ । अरु सबै प्रकारका जाँच र होलबडीका प्याकेजमा समेत विशेष छुट दिइएको छ। युआरएले पोखराबाहिर लमजुङको बेसीसहर, स्याङ्जाका पुतलीबजार र वालिङ, तनहुँका दमौली र दुलेगौंडाबाट सेवा प्रदान गरिरहेको छ।
गण्डकी प्रदेशका मुख्य सहरमा शाखा खोलेर प्रदेशका बासिन्दालाई गुणस्तरीय सेवा पुर्याउन युआरएल लागिपरेको युआरएलका अर्थ निर्देशक गणेश कोइरालाले बताए। उनले आर्थिक रुपमा सम्पन्न र विपन्न दुवैलाई गुणस्तरीय सेवा दिन सामाजिक उत्तरदायित्व वहन गर्दै अघि बढेको उल्लेख गरे । चाडै पोखराको विरौटा र चाउथेबाट समेत सेवा दिइने उनले बताए।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, युआरएलका सेयर सदस्य डा वसन्त पंगेनी, पोखरा ३० का वडा सदस्य उमा परिवार लगायतले बोलेका थिए।
युआरएलले अहिलेसम्म करिब १ लाख सेवाग्राहीको सित्तैमा रगत जाँच गरेको छ। सामाजिक उत्तरदायित्व वहन गर्दै युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सय १४ वटा निशुल्क स्वास्थ्य शिविर गरिसकेको छ।
सम्बन्धित खबर
नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै