पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले साना बालबालिकालाई विद्यार्थी केन्द्रित नेतृत्वकला तालिम प्रदान गरेको छ । कार्यक्रममा विद्यालयका करिब असी जना कक्षा मनिटर तथा प्रिफेक्सहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहजकर्ता अवाकर्स मेन्टल म्याथका निर्देशक उपेन्द्र अधिकारीले विद्यार्थीहरुलाई विभिन्न खेलका माध्यमबाट नेतृत्वकलाका बारेमा ज्ञान दिएका थिए ।
कार्यक्रममा विद्यालयका निर्देशक किरण सापकोटाले नेतृत्वमा बस्ने सबै विद्यार्थीहरुकोे बानी, व्यवहार अरुले सिक्ने खालको हुनुपर्ने भन्दै यस तालिमबाट सिकेका सीपहरुको प्रभावले १५ दिन भित्रमा परिवर्तन आउनु पर्नेमा जोड दिए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका विद्यालयका प्रिन्सिपल विश्वगोपाल पराजुलीले नेतृत्व विकास सानै उमेरबाट गर्न जरुरी रहेको भन्दै यसैका लागि विद्यालयले यस्ता तालिमको आयोजना गरेको बताए ।

विद्यालयका सहप्राचार्य प्रदीप खनालले कार्यक्रमको बारेमा प्रकाश पार्दै नेतृत्वको व्याज लगाएर मात्र नेतृत्व नहुने भन्दै उसको योग्यतामा पनि उत्तिकै भूमिका रहने कुरा बताए । कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले सञ्चालन तथा विद्यालयका सह–प्राचार्य बुद्धिमोहन पौडेलले शुभकामना मन्तव्य राखेको विद्यालयका नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने