किरण श्रेष्ठ, तनहुँ । तनहुँको दमौलीमा बजार सरसफाई तथा विरामीहरु लाइ फलफूल वितरण गरेर गणतन्त्र दिवस मनाइएको छ । दमौली बजार सफा गर्न व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने कुचो लिएर दमौली बजारमा निस्किएका हुन् । ११ औ गणतन्त्र दिवसको अबसरमा ब्यास नगरपालिका र जिल्ला समन्वय समिति तनहुँको संयुक्त आयोजनामा उक्त सरसफाई कार्यक्रम गरिएको हो ।
कार्यक्रममा व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख मिरा जोशी, प्रमुख जिल्ला अधिकारि भरत कुमार शर्मा, जिल्ला बन कार्यालय तनहुँका प्रमुख अम्बिका पौडेल, प्रदेशसभा सदस्य दोबाटे विक, जिसस प्रमुख शान्तिरमण वाग्ले, जिसस उपप्रमुख पवित्रा पौडेल, जिसस सदस्य गल गुरुङ, विभिन्न सरकारी कर्मचारी, वडाअध्यक्ष, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष सक्रियतामा नगर सरसफाइ गरिएको थियो । सदरमुकामको दमौली अनसन चौतारी देखि भोर्लेटार चोक सम्मका क्षेत्रमा सरसफाई गरिएको थियो ।
दिवस कै अवसरमा व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारि भरत कुमार शर्मा, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्य, व्यास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठ लगाएतकाले दमौली अस्पतालका विरामीहरु लाइ फलफूल वितरण गरेका थिए ।
त्यस्तै तनहुँको सक्रिय सामाजिक सस्था लायन्स क्लब अफ तनहुँ व्यास सिटिले पनि दमौली अस्पताल र रत्नहरि अस्पतालका ३८ जना विरामीहरु लाइ शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेका थिए । संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते राजतन्त्र अन्त्य गरी गणतन्त्र घोषणा गरेको थियो । गणतन्त्र दिवसको अवसरमा यसअघि दिइने गरेको सार्वजनिक विदा भने यस वर्ष कटौती भएको छ ।
सरसफाई कार्यक्रमका झलकहरु :





फोटो : गल गुरुङ
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन