पोखरा कलेज अफ म्यानेजमेन्ट ‘पिसिएम’ मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीले नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम गरे । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा २ सेक्सनका ७७ विद्यार्थीले ६ वटा समूहमा बाँडिएर प्रस्तुतिकरण राखे ।
बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको कलेजका बिबिए कार्यक्रम संयोजक सरोज कुँबरले बताए । यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ति तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिए ।
कार्यक्रममा पत्रकारहरु शोभाकान्त सिग्देल, फडिन्द्र अकिञ्चन र प्रतीक्षा काफ्लेले विद्यार्थीको प्रस्तुतीकरणमा टिप्पणी गरेका थिए । पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारबाट आफ्नो नमुना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाई भएको कार्यक्रममा सहभागी विद्यार्थी आदित्य अधिकारी बताउँछन् ।
पोखरा कलेज अफ म्यानेजमेन्टले विगत २ दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको छ । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सयभन्दा बढी विद्यार्थी बिबिए र बिसिआइएस (आइटी) अध्ययन गरिरहेका छन् ।


सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो