कास्कीका पुष्पज्योति ढुंगाना नेकपा एमालेकाे ऊर्जा तथा जलस्रोत विभाग सचिव बनेका छन् । एमालेले विभिन्न केन्द्रीय विभागका सचिव मनोनयन गरेको छ । केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले १३ वटा विभागका सचिव मनोनयन गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
एमालेले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न कार्यदल गठन गरेको छ । बैठकले स्थानीय तह निर्वाचनको क्रममा भएको अनुशासनहीनता, अराजकता र अन्तर्घातको विषयमा छानबिन गर्न उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलका सदस्यमा केन्द्रीय निर्वाचन विभागको प्रमुख तथा उपमहासचिव विष्णु रिमाल र केन्द्रीय संगठन विभाग प्रमुख खगराज अधिकारी छन् । उनले स्थानीय तह निर्वाचनसम्बन्धी विभिन्न उजुरी आएको उल्लेख गर्दै कार्यदलले उजुरीमाथि छानबिन गर्ने र आवश्यक कारबाहीको सिफारिस गर्ने बताए । ‘चुनावमा भएका विभिन्न अराजक कुराहरु, अनुशासनहीनताका कुराहरु, अन्तर्घातको विषयहरु यसले छानबिन गरेर आफ्नो रिपोर्ट पेस गर्नेछ र आवश्यक कारबाही यो आफैँले गर्न सक्नेछ,’ उनले भने ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?