पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ३१ बेगनासमा कानुनी परामर्श तथा अन्तरक्रिया भएको छ ।
नवजिवन महिला बिकास संस्था पोखरा लेखनाथ – १० को आयोजना र वडा कार्यलय पोखरा लेखनाथ ३१ को प्रायोजनमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ३१ बेगनासमा एक दिने कानुनी परामर्श तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।
प्रमुख अतिथी जिल्ला समन्यय समितीका उपप्रमुख साबित्री भण्डारीले समाजमा यस्ता काम हुनु सकरात्मक रहेको भन्दै यस्ता कार्यक्रमलाई सहयोह गर्न आफुहरु तयार रहेको बताईन्। पोखरा लेखनाथ महानगरपालिकाका कानुनि अधिकृत राममणी अधिकारीले महिलाहरुले यस्ता कार्यक्रम गरेर समाज परिवर्तनमा भुमिका खेल्न सक्ने भन्दै समाजका हरेक नागरिक कानुनी रुपमा सचेत हुनु पर्नेमा जोड दिए ।
माझथर आमा समुहकी सहसचिब धन देबी तिवारीको संयोजकत्वमा भएको कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ३१ भित्र रहेका सात वटा आमा समुहको सहभागिता रहेको थियो ।

कार्यक्रममा अधिबक्ता जुना कुमारी गुरुङले सहभागीहरुलाई प्रत्येक नागरिकको अधिकार, लैंगिक भिन्नता, महिला सशक्तिकरण, महिला हिंसा र महिलाको आय-आर्जनमा भुमिका लगायतका बिषयमा सहजिकरण एवं प्रशिक्षण प्रदान गरेकी थिईन् ।
नबजिबन महिला बिकास संस्था पोखरा लेखनाथ – १० की अध्यक्ष कमला थापाको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन संस्थाकी सचिब गंगा पराजुली पौडेलले गरेकी थिईन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह